कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रदेशमा मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव पास गराइन्छ : पौडेल

देवनारायण साह

मोरङ — कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेशसभामा सत्तापक्षको विपक्षमा दर्ता भएको अविश्वासको प्रस्ताव नेकपा दाहाल–नेपाल समूहलाई सहयोग गरेर पास गराइदिने बताएका छन् । 

प्रदेशमा मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव पास गराइन्छ : पौडेल

विराटनगरमा शुक्रबार पत्रकारहरूसँगको कुराकानीमा पौडेलले सत्तापक्षको विपक्षमा बस्नु प्रमुख प्रतिपक्षको धर्म भएकाले प्रदेश १ र वाग्मती प्रदेशमा मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव पास गराउन कांग्रेसले समर्थन गर्ने बताएका हुन् ।

प्रस्ताव पास गराउन पार्टी सभापति शेरबहादुर देउवाले रोके पनि प्रदेशसभा सदस्यहरू नमान्ने पौडेलको भनाइ थियो । प्रधानमन्त्री केपी शर्मा ओली समूहलाई काँध हाल्ने प्रस्ताव सभापति देउवाले पार्टी केन्द्रीय कार्यसमिति बैठकमा ल्याउन नसक्ने दाबी पनि उनले गरे ।

नेकपा दाहाल–नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध पुस १२ गते अविश्वासको प्रस्ताव दर्ता गराएको छ । मुख्यमन्त्री राई अल्पमतमा परेकाले प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएका छन् । वाग्मती प्रदेशमा पनि दाहाल–नेपाल समूहले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्ताव प्रदेशसभामा टेबल भइसकेको छ ।

पौडेलले मुलुकलाई जोगाउने आशाको केन्द्र अब सर्वोच्च अदालत मात्र बाँकी रहेको बताए । ‘पहिले पनि राजाले गरेका जथाभावी कुरालाई उल्ट्याएको अदालतको इतिहास छ,’ उनले भने, ‘मुलुकमा विग्रह मच्चाउनेलाई अदालतले तह लगाउनेमा विश्वास छ ।’

चुनाव चिह्नको समेत टुंगो लगाउन नसकेको अवस्थामा निर्वाचन आयोगले तोकिएको समयमा निर्वाचन गराउन नसक्ने पनि उनले सुनाए ।


प्रकाशित : फाल्गुन ७, २०७७ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?