कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४ घण्टामा ९६ जना कोरोना संक्रमित, थप ३ को मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ९६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ९६ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा ९६ जना कोरोना संक्रमित, थप ३ को मृत्यु

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७३ हजार १६६ पुगेको छ । नेपालमा १ हजार ६०३ सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप १ सय ११ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ६९ हजार ५ सय ५ रहेको छ ।

२४ घण्टामा मृत्यु हुनेको संख्या ३ रहेको छ । बिहीबार अपराह्नसम्म मृत्यु हुनेको संख्या २ हजार ५८ रहेको छ ।

अहिलेसम्म देशभर २१ लाख ३१ हजार ३३० नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ७१ जना रहेका छन् ।

प्रकाशित : फाल्गुन ६, २०७७ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?