३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

दुई हप्ताभित्र खोप आइपुग्छ : स्वास्थ्यमन्त्री त्रिपाठी

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सरकारले खोप प्रक्रियाको काम पूरा गरिसकेको बताउँदै २ हप्ताभित्र खोप आइपुग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

दुई हप्ताभित्र खोप आइपुग्छ : स्वास्थ्यमन्त्री त्रिपाठी

बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै त्रिपाठीले भने, ‘२० लाख डोज खोप खरिद प्रक्रिया पूरा भइसकेको छ । खोप सहुलियत दरमै आउँदैछ ।’

माघ ८ गते भारत सरकारले १० लाख डोज खोप अनुदानमा दिएको थियो । सो अनुसार अहिले खोप अभियान सञ्चालन भइरहेको छ । उनले आगामी फागुन २३ गतेदेखि जोखिम समूहलाई खोप दिने तयारी गरिरहेको बताए ।

स्वास्थ्य सचिव लक्ष्मण अर्यालले अरु देशभन्दा कोरोना नियन्त्रणमा नेपाल अरु देशभन्दा अघि नै रहेको दाबी गरे । ‘अब पहिलो प्राथमिकतामा ज्येष्ठ नागरिकहरु नै रहेका छन् । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश १ मा खोपको प्रभाव एकदमै राम्रो देखिएको छ । ’

प्रकाशित : फाल्गुन ६, २०७७ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?