कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुद्वारा आयल निगम घेराउ

तस्बिर : केशव थापा

काठमाडौँ — पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेकपाको दाहाल–नेपाल समूहनिकट विद्यार्थीले बिहीबार बिहान नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेका छन् ।  नेकपाको भ्रातृ संगठन अनेरास्ववियुले बबरमहलस्थित निगमको केन्द्रीय कार्यालय घेराउ गरेको हो ।  

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुद्वारा आयल निगम घेराउ

प्रदर्शनकारीले पेट्रोलियममा गरिएको मूल्यवृद्धि सरकारले तत्काल फिर्ता लिनुपर्ने भन्दै नारा लगाएका थिए । अनेरास्ववियुले प्रतिनिधिसभा विघटन र पेट्रोलियममा मूल्यवृद्धिविरुद्ध बिहीबार बिहान देशभरका क्याम्पसमा विरोध प्रदर्शन पनि गरेका थिए ।

पेट्रोलियम पदार्थमा लगाइएको शतप्रतिशत करका कारण सर्वसाधारण इन्धन खरिदमा चर्को मूल्य तिर्न बाध्य भएका छन् । यसले इन्धनसँग अन्तरसम्बन्धित सबैजसो सामग्रीको भाउलाई प्रभावित गरेको छ ।

सरकारले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाएको छ । नयाँ मूल्यसूचीअनुसार पेट्रोल १ सय १४ रुपैयाँ, डिजेल ९७ रुपैयाँ, मट्टीतेल ९७ रुपैयाँ र हवाई इन्धन ६७ रुपैयाँ कायम भएको छ । आयल निगमले कायम गरेको पेट्रोलको मूल्य साढे २ वर्षयताकै उच्च हो ।

प्रकाशित : फाल्गुन ६, २०७७ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?