३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अभद्र व्यवहारको आरोपमा विनयजंग बस्नेत पक्राउ 

इकान्तिपुर डेस्क

काठमाडौँ — अभद्र व्यवहारको आरोपमा विनयजंग बस्नेत पक्राउ परेका छन् । बस्नेतलाई प्रहरीले काठमाडौंको नयाँ बसपार्कबाट मंगलबार पक्राउ गरेको महानगरीय प्रहरी परिसरका एसएसपी अशोक सिंहले जानकारी दिए ।

अभद्र व्यवहारको आरोपमा विनयजंग बस्नेत पक्राउ 

उनी विरुद्ध बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले आफूमाथि अभद्र व्यवहार भएको भन्दै आइतबार उजुरी दिएकी थिइन् ।

एसएसपी सिंहका अनुसार बस्नेतले अनलाइनमार्फत अभद्र व्यवहार गरेको सपनाको उजुरीमा उल्लेख छ ।

बेवारिसे शव व्यवस्थापन गरी चर्चामा आएकी सपना बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी थिइन् । सपनाले बस्नेतसँग सहकार्य गर्दै बेवारिसे शव जलाउँदै आएकी थिइन् ।

म्याग्दीबाट काठमाडौं आएकी सपना बस्नेतसँगै बस्थिन् । त्यसक्रममा उनीहरुबीच तिक्तता आएपछि गत कात्तिकमा बस्नेतलाई छाडेर सपना घर फर्किएकी थिइन् ।

प्रकाशित : फाल्गुन ४, २०७७ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?