२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

भागरथी हत्याका दोषी नजिक प्रहरी पुगिसकेको छ : गृहमन्त्री थापा

रासस

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टलाई बलात्कारपछि हत्या गर्ने दोषी नजिक प्रहरी पुगेको बताएका छन् ।

भागरथी हत्याका दोषी नजिक प्रहरी पुगिसकेको छ : गृहमन्त्री थापा

बढ्दो महिला हिंसाका घटनामा संलग्नलाई कारबाहीको माग गर्दै मंगलबार सर्वोच्च अदालत बार एसोसिएसन,महिला समितिको नेतृत्वमा मन्त्रालयमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री थापाले सो घटनाका दोषीलाई छिट्टै पक्राउ गरी कानुनी कठघरामा उभ्याइने प्रतिबद्धता जनाए ।

भट्टसम्बन्धी घटना कञ्चनपुरकी निर्मला पन्तको जस्तो जटिल नरहेको जनाउँदै उनले विगतबाट पाठ सिकेर टुंगोमा पुर्‍याउने गरी छानबिन प्रक्रिया अघि बढेको बताए ।

महिला हिंसा रोक्न सरकार गम्भीर रहेको र त्यसैका लागि नेपाल प्रहरीमा महिला सेल स्थापना गरिएको स्पष्ट गर्दै उनले हिंसा, बलात्कारका घटना हुन नदिन र भएमा तत्काल दोषी पहिचान गरी कानूनी कारवाही अघि बढाउन प्रहरीलाई निर्देशन दिइसकिएको बताए ।

महिला कानुन व्यवसायीले सो घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गर्दै मन्त्री थापालाई ज्ञापनपत्रसमेत बुझाएका छन् । २०७५ साउन ११ मा कञ्चनपुरकी पन्तको बलात्कारपछि हत्या भएकामा दोषी अहिलेसम्म पहिचान हुन नसकिरहेका बेला गत माघ २२ गते बैतडीकी भट्टको पनि बलात्कारपछि हत्या भएको थियो ।

प्रकाशित : फाल्गुन ४, २०७७ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?