ओलीका प्रत्येक कदम राजनीतिक अस्थिरता निम्त्याउने खालका छन् : रामचन्द्र पौडेल

हरिहरसिंह राठौर

धादिङ — कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् पुनःस्थापना नभए देश अझै राजनीतिक द्वन्द्वमा फस्ने बताएका छन् । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक निर्णयले देशमा झनै अस्थिरता निम्त्याएको उनले भनाइ छ ।

ओलीका प्रत्येक कदम राजनीतिक अस्थिरता निम्त्याउने खालका छन् : रामचन्द्र पौडेल

प्रतिनिधिसभा विघटनकोविरुद्धमा धादिङ कांग्रेसले धादिङवेशीमा गरिएको विरोधसभामा बोल्दै नेता पौडेलले आफ्नै पार्टीको बहुमतको स्थायी सरकार चलाइरहेको बेला ओलीले सनक र लहडको भरमा गरेको संसद् विघटनले देशमा झनै अस्थिरता र द्वन्द्व उन्मुख वातावरण बनाएको बताए । नेता पौडेलले भने, ‘चुनाव गराएर स्थायीत्व ल्याउँछु भन्नु केपी ओलीको दिवास्वप्‍न भएको र स्थायी सरकार आफैं भत्काउने, जनताको सार्वभौम संसद्लाई आफ्नो स्वार्थको लागि विघटन गर्ने अनि स्थायित्वमा नारा दिने राजनीतिक बेइमानी भएको बताए ।’

ओलीको स्वेच्छाचारी प्रवृत्ति र सनकले संसद् विघटन भएपनि सर्वोच्च अदालतले जनताको पक्षमा फैसला गर्ने आफूलाई विश्वास रहेको पौडेलले बताए । उनले भने,‘नेपालको राजनीतिक घटनाक्रममा ठूला ठूला संकटबाट देशलाई सर्वोच्च अदालतले बचाएको छ । प्रधानमन्त्री ओलीको दबाब र प्रभावमा नपरी अहिलेको संकटमा नेपाललाई बचाउने गरी सर्वोच्चका न्यायाधीशहरुले फैसला गर्नुहुनेछ ।’

वर्तमान अवस्थाले कांग्रेसको काँधमा राष्टप्रतिको अझै ठूलो जिम्मेवारी थपिएको पौडेलले बताए । कांग्रेस प्रजातन्त्र, लोकतन्त्र र जनताप्रति सधैं उत्तरदायी बन्दै आएको बताउँदै नेता पौडेलले कांग्रेसका नेता कार्यकर्ता पनि जता अवसर उतै लाग्ने मात्र नभई राष्ट्र बचाउने र बनाउने जिम्मेवारीमा रहन आग्रह गरे । नेपाली कांग्रेसले पूर्ण कार्यसमिति बैठक बसेर सर्वसम्मत संसद् विघटनको विरोधमा जाने निर्णय भएको बताउँदै सम्पुर्ण कार्यकर्तालाई देउवा र पौडेल नभनी लोकतन्त्र र संविधानको रक्षामा उत्रिनको लागि आग्रह गरे ।

प्रकाशित : फाल्गुन ३, २०७७ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?