अरुण तेस्रोको काम ठप्प

कान्तिपुर संवाददाता

संखुवासभा — अरुण तेस्रो आयोजनाको टिपरको ठक्करबाट मृत्यु भएका खड्गबहादुर राईका आफन्तले आयोजनाको काम ठप्प पारेका छन् । क्षतिपूर्ति र घाइतेको उपचार माग गर्दै स्थानीयले आयोजनाको काम रोकेका हुन् । 

अरुण तेस्रोको काम ठप्प

उनीहरूले शनिबार उत्तर–दक्षिण कोसी सडक पनि अवरुद्ध पारेका छन् । शुक्रबार आयोजनामा कार्यरत ठेकेदार कम्पनी जेपी एसोसिएटले प्रयोग गर्ने भारतीय नम्बर प्लेटको टिपरले ठक्कर दिएपछि मोटरसाइकलमा सवार राईको घटनास्थलमै मृत्यु भएको थियो । घाइते भएकी राईकी श्रीमती प्रेमकुमारीलाई उपचारका लागि काठमाडौं लगिएको छ । स्थानीयले क्षतिपूर्ति माग गर्दै शवसमेत उठाएका छैनन् ।

स्थानीयले भारतीय नम्बर प्लेटको एउटा गाडी, टिपर र कम्पनीको कार्यालयमा तोडफोड र आगजनीसमेत गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी नवराज मल्लले टिपरसहित चालक काभ्रे नमोबुद्ध नगरपालिका–६ का ३० वर्षीय सुवास चौलागाईंलाई नियन्त्रणमा लिइसकेको बताए ।

प्रकाशित : फाल्गुन १, २०७७ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?