१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

भागरथी र निर्मला हत्याकाण्डका अपराधीहरुलाई पानीमुनि गए पनि छाडिन्‍नँ : प्रधानमन्त्री ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले भागरथी भट्ट र निर्मला पन्त हत्याकाण्डका अपराधीहरु केही समयमै पक्राउ पर्ने बताएका छन् ।

भागरथी र निर्मला हत्याकाण्डका अपराधीहरुलाई पानीमुनि गए पनि छाडिन्‍नँ : प्रधानमन्त्री ओली

नेकपा (ओली समूह) ले शनिबार बुटवलमा आयोजना गरेको आमसभामा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सरकारलाई बदनाम गर्न केही अपराधिक तत्वहरु क्रियाशील रहेको भन्दै उनीहरुलाई कानुनी दायरामै ल्याएरै छाड्ने दाबी गरे ।

'हामी विश्वास गर्छौं केही समयभित्रै भागरथी हत्यारा, निर्मला हत्याकाण्डका अपराधीहरु यी सबैलाई अदालतको कठघरामा उभ्याएर सजाय दिनेछौं । अपराधबाट तिनीहरु उम्किन पाउने छैनन्,' उनले भने । प्रधानमन्त्री ओलीले भागरथी, निर्मला पन्त हत्याकाण्डका दोषीलाई पानीमुनी गए पनि नछोड्ने बताए ।

'तपाईंहरुको अगाडि म भन्न चाहन्छु, निर्मलालाई बलात्कार गरेर हत्या गर्ने कुरा होस्‌ अथवा भागरथी हत्याकाण्ड होस्, यस्ता हत्याकाण्डका अपराधीहरुलाई पानीमुनि गए पनि छोडिने छैन । विश्वका कुनै पनि भागमा भागेर पुगे पनि छोडिने छैन । उनीहरुलाई कानुनी दायरामा ल्याएर कारबाही गरेरै छोडिने छ', प्रधानमन्त्री ओलीले भने ।

अपराधीहरु कारबाहीको डरले भागेर जिन्दगी बिताए पनि कुनै न कुनै दिन पक्राउ पर्ने र उनीहरुले सजाय छुट नपाउने प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले भने, 'दुई/दिन, चारदिन उम्किएलान् । एक वर्ष डरले थर्कमानको जिन्दगी बिताए पनि सजाय घट्नेवाला छैन । त्यो समय कट्टा हुने छैन । पुराका पूरा सजाय ती अपराधीहरुलाई गराएरै छोड्ने छौं ।'


प्रकाशित : फाल्गुन १, २०७७ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?