समाचार

जाजरकोटका सबै स्थानीय तह निमित्तकै भरमा

नलगाड नगरपालिकाको कार्यालय स्थापनादेखि नै शाखा अधिकृत सुरेन्द्र सिंह निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् । सदरमुकामस्थित भेरी नगरपालिकाको कार्यालयमा अधिकृत दलबहादुर घर्ती निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् ।

क्रान्ति प्रतिक्रान्तिमा बदलियो, नयाँ जनवादी क्रान्ति अपरिहार्य : वैद्य

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले नेपाली क्रान्ति प्रतिक्रान्तिमा बदलिएको भन्दै नयाँ जनवादी क्रान्ति अपरिहार्य बनेको बताएका छन् । नेपालमा संसदीय व्यवस्था, संसदीय र संशोधनवादी पार्टीहरु सबै असफल भएका भन्दै उनले आफ्नो पार्टी नयाँ जनवादी क्रान्तिको तयारीमा जुटेको जनाएका छन् । 

भट्ट हत्याका दोषीलाई कारबाही गर्न महिला आयोगको माग

राष्ट्रिय महिला आयोगले बैतडीकी भागरथी भट्टको हत्याको घटनामा सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई अपिल गरेको छ । आयोगकी सदस्य कृष्णकुमारी खतिवडा नेतृत्वमा घटनास्थल पुगेको टोलीले राज्यका तर्फबाट तत्काल अध्ययन अनुसन्धान सुरु भएको पाइएको बताइएको छ ।

भागरथीको बलात्कार र हत्या घटना अनुसन्धान तीव्र बनाउन कांग्रेसको माग 

कांग्रेसले बैतडीको दोगडाकेदारकी किशोरी भागरथी भट्टको बलात्कार र हत्या घटना अनुसन्धान तीव्र बनाउन माग गरेको छ । 

प्रधानमन्त्री ओली र थाइ राजदूतबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाइल्यान्डका राजदूत भोषित भोरासाफले शुक्रबार शिष्टाचार भेट गरेका छन् । 

कोरोनाबाट थप २ को मृत्यु, १२७ जनामा संक्रमण

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या २ हजार ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सरकारी जग्गा सरकारमातहत ल्याउन माग

सरकारी, सार्वजनिक एवं गुठी जग्गा संरक्षण संघर्ष समितिले मुलुकभरका सरकारी, सार्वजनिक एवं गुठी जग्गा आफू मातहत ल्याएर संरक्षण गर्न सरकारलाई दबाब दिएको छ ।

भारतीय बालुवा तस्करसँगको झडपमा २ जना सशस्त्र प्रहरी घाइते

नेपाली भूमिमा प्रवेश गरी अवैध रुपले बालुवा भारततर्फ लैजाने समूहलाई नियन्त्रणमा लिँदा पर्सामा दुई जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध ‘नागरिक खबरदारी’

प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार काठमाडौंमा नागरिक खबरदारी गरिएको छ ।  प्रजातान्त्रिक विचार समाजको आयोजनामा माइतीघर मण्डलमा भएको कायक्रममा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक रहेको नागरिक समाजका अगुवाहरूले बताए ।

झलनाथ खनाल उपचारका लागि दिल्ली प्रस्थान

पुष्पकमल दाहाल-माधवकुमार नेपाल नेतृत्वको नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल उपचारका लागि दिल्ली गएका छन् ।

ओलीलाई सडकबाटै घुँडा टेकाउनुपर्छ :  चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधानमै व्यवस्था नभएको संसद् विघटन गर्ने केपी ओलीले मुलुकमा संकटकाल लगाएर शासन गर्न सक्ने बताए । ओलीको ‘प्रतिगामी कदम’लाई जनआन्दोलन गरेरै घुँडा टेकाउनुको विकल्प नभएको उनले बताए ।

आयोगलाई दाहाल-नेपाल समूहको प्रश्‍न

नेकपा (दाहाल–नेपाल) समूहले दलको मान्यतासम्बन्धी विवाद निरूपणमा किन ढिलाइ गरिएको भनेर निर्वाचन आयोगसँग प्रश्न गरेको छ । उक्त पक्षले आफ्नोतर्फबाट पेस गरिएको दाबीमाथि आयोगले के–कस्तो प्रक्रिया र कारबाही बढाएको छ, त्यसको जानकारीसमेत मागेको छ । 

प्रतिनिधिसभा विघटन मुद्दा :  ‘संसद्‍बाट प्रधानमन्त्रीलाई असहयोग थिएन’

प्रतिनिधिसभा विघटनको मुद्दामा सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीले प्रतिनिधिसभाबाट सरकारलाई कुनै असहयोग नभएको दाबी गरेका छन् । सभामुखका तर्फबाट ३ जना कानुन व्यवसायीले बिहीबार बहस गर्दै प्रधानमन्त्रीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको जिकिर गरे ।

भीआईपी सुरक्षामा व्यापक कटौती

सरकारले बहालवाला तथा पूर्वपदाधिकारी र राष्ट्रसेवक कर्मचारीको सुरक्षामा व्यापक कटौती गर्नुका साथै सुरक्षा जिम्मेवारीसमेत हेरफेर गरेको छ ।

किन हुन्छ बलात्कारपछि हत्या र हत्या प्रयास ?

एक साताअघि बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भयो । अहिलेसम्म दोषी पत्ता लागिसकेका छैनन् । घटनामा संलग्नलाई चाँडो पक्राउ गरी कारबाहीको माग गर्दै विभिन्न जिल्लामा प्रदर्शन भइरहेका छन् । 

छात्राले पठाए प्रधानमन्त्रीलाई पत्र

बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नको पहिचान हुन नसक्दा आफूहरूले पनि असुरक्षित महसुस गरिरहेको भन्दै बेनीस्थित लिटल गार्डेन एकेडेमीका छात्राले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।

यसरी पुर्‍याइयो झाँक्रीलाई हिरासत

प्रतिनिधिसभा विघटनको विरोधमा देशव्यापी आन्दोलन गरिरहेको नेकपा दाहाल–नेपाल समूहकी नेता रामकुमारी झाँक्रीलाई राज्यविरुद्ध कसुरको मुद्दा लगाएर कारबाही गर्ने सरकारको प्रयास एक दिन पनि टिकेन । झाँक्रीलाई प्रहरीले पक्राउ गरेकामा सत्तापक्षीय नेकपाबाहेक सबै राजनीतिक दल, नेता, पेसाकर्मी र नागरिकले विरोध गरेपछि बिहीबार साँझ रिहा गरिएको छ । 

राज्यविरुद्ध कसुर कसरी ?

संविधान निगरानी समूहले सोमबार राजधानीमा गरेको कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गर्ने क्रम बढ्दै गएको औंल्याउँदै भनेका थिए, ‘अभिव्यक्ति स्वतन्त्रता रोकिएपछि राजनीति र कानुन रहँदैन । त्यसपछि लोकतन्त्र रहँदैन । प्रश्नवादबाट मुलुक समर्थनवादमा जाँदै छ ।नेपालको लोकतन्त्र अभिव्यक्ति स्वतन्त्रताले जोगाएको छ । नबोल्ने संस्कार लोकतन्त्र हुनै सक्दैन ।’

अभिव्यक्तिमा अंकुश लगाउने प्रयास

२०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले चुनाव गराउन नसकेको भनेर प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरे र नयाँ सरकार बन्न केही समय लाग्ने भन्दै मुलुकको कार्यकारी अधिकार आफूमा निहित रहने घोषणा गरे ।