झाँक्रीलाई पक्राउ गरेर सरकारले अधिनायकवादी चरित्र उदाङ्गो पार्‍यो : वरिष्ठ नेता पौडेल

काठमाडौँ — कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले अधिनायकवादी चरित्र उदाङ्गो पारेको बताएका छन् ।

झाँक्रीलाई पक्राउ गरेर सरकारले अधिनायकवादी चरित्र उदाङ्गो पार्‍यो : वरिष्ठ नेता पौडेल

राज्यविरुद्धको कसुर गरेको आरोपमा नेकपाको दाहाल–नेपाल समूहकी नेतृ झाँक्रीलाई बिहीबार प्रहरीले पक्राउ गरेपछि त्यसको विरोधमा उपसभापति पौडेलले नागरिकको अभिव्यक्ति स्वतन्त्रता माथि नाङ्गो हस्तक्षेप भएको बताए ।

सरकारले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पारेको छ । संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रता माथि नाङ्गो हस्तक्षेप गरेको छ। त्यसैले रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको घटनाको म घोर भत्सर्ना गर्दछु बिनासर्त रिहा गरियोस् !,’ पौडेलले सामाजिक सञ्‍जालमा लेखेका छन् ।

नेकपा दाहाल-नेपालकी केन्द्रीय सदस्य झाँक्रीलाई पक्राउ गरेपछि विभिन्न दलका नेताहरुले नागरिकको स्वतन्त्रता हनन भएको भन्दै सरकारको आलोचना गरेका छन् ।

सम्बन्धित समाचार

प्रकाशित : माघ २९, २०७७ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?