२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

राष्ट्रपतिलाई गालीगलौज गरेको भन्दै रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलायो

काठमाडौँ — राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रहरीले नेकपा दाहाल-नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई सोधपुछका लागि बोलाएको छ ।

राष्ट्रपतिलाई गालीगलौज गरेको भन्दै रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलायो

गोरखामा केही दिनअघि आयोजित कार्यक्रममा झाँक्रीले कानुनले वर्जित गरेको अभिव्यक्ति दिएका कारण बिहीबार सोधपुछका लागि बोलाइएको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले बताए ।

'कानुनले वर्जित गरेका अभिव्यक्ति उहाँले दिनुभएको देखियो, यसबारे के भएको हो त भनेर उहाँसँगै सोधपुछ गर्न लागेका हौं । उहाँलाई महाशाखा परिसरमा बिहीबार उपस्थित हुन भनिएको छ,' उनले भने ।

यो पनि पढ्नुहोस्ः

रामकुमारी झाँक्रीलाई पक्राउ गर्न गृहमन्त्रीलाई महिला संघको ज्ञापन पत्र

प्रकाशित : माघ २९, २०७७ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?