समाचार

झाँक्री पक्राउ प्रकरण : सरकारको ‘टेस्ट केस’ असफल !

प्रहरीले बिहीबार दिउँसो नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई उनकै घरबाट पक्राउ गर्‍यो । केही घण्टा प्रहरीले नियन्त्रणपछि साँझ ६ बजे झाँक्री रिहा भइन् । तर, झाँक्री पक्राउ प्रकरणका चार–पाँच घण्टामा जे-जस्ता राजनीति र कानुनी गतिविधि भए यसले नागरिकको अभिव्यक्ति स्वतन्त्रता खोस्ने सरकारको ‘टेस्ट केस’ असफल भएको सन्देश दिएको छ ।

लमजुङमा जिप दुर्घटना, चालकसहित ३ को मृत्यु, ३ जना घाइते

लमजुङको दोर्दी गाउँपालिका ६, सिमीगाउँ नजिकै जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ३ जना गम्भीर घाइते भएका छन् । 

तीन सांस्कृतिक सम्पदा परियोजनाको पुनर्निर्माणको सम्झौता 

सेतो मच्छिन्द्रनाथ मन्दिर, बूढानीलकण्ठमा धर्मशाला र कुमारी छेँ निवासको संरक्षण, सबलीकरण र निर्माण गर्नको लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का परियोजनाले बिहीबार निर्देशक तथा ठेकेदारहरुसँग तीन वटा ठेक्का सम्झौतामा हस्ताक्षर गरेका छन् । 

जग्गा महानगरकै नाममा कायम गर्न फैसला

किर्ते जालसाजी गरी व्यक्तिका नाममा दर्ता गरिएको जग्गा वीरगन्ज महानगरपालिकाकै नाममा दर्ता कायम गर्न पर्सा जिल्ला अदालतले फैसला गरेको छ । वीरगन्ज महानगरपालिकाको स्वामित्वमा रहेको आदर्शनगरस्थित एक कट्ठा जग्गा बिक्री वा हक–हस्तान्तरणबिनै व्यक्तिका नाममा दर्ता भएको पाइएपछि महानगरले २०७५ असार ३ मा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।

रिहाइपछि झाँक्रीले भनिन्- राष्ट्रपतिको आलोचना गरेकोमा कुनै पश्‍चात्ताप छैन 

नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले प्रहरी हिरासतबाट रिहाइपछि राष्ट्रपति विद्यादेवी भण्डारीका गतिविधिप्रति आफूले दिएका अभिव्यक्तिमा कुनै पश्चात्ताप नभएको बताएकी छन् ।

रिहा भइन् रामकुमारी झाँक्री

प्रहरीले नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई रिहा गरेको छ । राज्यविरुद्धको कसुरको आरोपमा पक्राउ परेकी झाँक्रीलाई प्रहरीले सामान्य सोधपुछपछि बिहीबार साँझ रिहा गरेको हो ।

रामकुमारी झाँक्रीलाई रिहा गर्ने तयारीमा प्रहरी

प्रहरीले नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई आजै रिहा गर्ने तयारी गरेको छ । राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर बिहीबार दिउँसो पक्राउ परेकी झाँक्रीलाई आजै छाडिने सम्भावना रहेको प्रहरी स्रोतले जनाएको छ । 

सभामुखका वकिलको माग- प्रतिनिधिसभा बैठकको मिति नै तोकेर पुनः स्थापना फैसला होस् श्रीमान्

प्रतिनिधिसभा विघटनको मुद्दामा सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता लभकुमार मैनालीले संवैधानिक इजलासले प्रतिनिधिसभा बैठक बस्ने मिति नै तोकेर पुनःस्थापनाको फैसला गर्नुपर्ने माग गरेका छन् । 

रवीन्द्र मिश्रको प्रश्‍न : ओलीलाई कानुन लाग्छ कि लाग्दैन ?

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले रामकुमारी झाँक्रीलाई बिनासर्त रिहा गर्न माग गरेका छन् । मिश्रले रसातलको राजनीति सफा नगरेसम्म घटना बदलिने तर प्रवृत्ति नबदलिने बताएका छन् ।

झाँक्रीको रिहाइको माग गर्दै सर्वोच्चमा निवेदन दर्ता, आइतबार पेसी

नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई रिहाइको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । बिहीबार प्रहरीले झाँक्रीलाई पक्राउ गरेको थियो । झाँक्री पक्राउविरुद्ध अधिवक्ता गुणराज आचार्य बन्दी प्रत्यक्षीकरण निवेदन लिएर सर्वोच्च अदालत गएका हुन् । 

संसद् विघटन संसदीय व्यवस्थाको असफलताको अभिव्यक्ति : मोहन वैद्य

नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले प्रतिनिधि सभाको विघटन संसदीय व्यवस्थाको असफलताको अभिव्यक्ति भएको बताएका छन् ।

झाँक्री पक्राउपछि भट्टराईले भने- सरकारको काल आएकै हो ?

नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीको पक्राउ विरुद्धमा जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आपत्ति जनाएका छन् । राज्यविरुद्धको कसुर आरोपमा बिहीबार झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि भट्टराईले सामाजिक सञ्‍जाल ट्विटरमार्फत सरकारको विरोध गरेका छन् । 

कोरोनाबाट थप ५ को मृत्यु, ८१ जनामा संक्रमण

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या २ हजार ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेशमन्त्रीका अंगरक्षकबाट सशस्त्र प्रहरी फिर्ता

प्रदेश सरकारका मन्त्रीको अंगरक्षकमा खटिएका सशस्त्र प्रहरीलाई बिहीबारबाट हटाइएको छ । ७ वटै प्रदेशका मन्त्रीको अंगरक्षक र सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई फिर्ता बोलाइएको हो । 

अदालतमा विचाराधीन संसद् विघटनको मुद्दामा कांग्रेसले बोल्न मिल्दैन : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले संसद् विघटनको मुद्दा अदालतमा विचाराधीन भएकाले यसबारेमा बोल्न नमिल्ने दोहोर्‍याएका छन् । 

झाँक्रीलाई तत्काल रिहा गर्न सरकारसँग राप्रपा अध्यक्ष थापाको माग

राप्रपा अध्यक्ष कमल थापाले रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन् । राज्यविरुद्धको कसुर गरेको आरोपमा नेकपाको दाहाल–नेपाल समूहकी नेतृ झाँक्रीलाई बिहीबार प्रहरीले पक्राउ गरेपछि त्यसको विरोधमा थापाले झाँक्रीको रिहाइको माग गरेका हुन् ।

झाँक्रीलाई पक्राउ गरेर सरकारले अधिनायकवादी चरित्र उदाङ्गो पार्‍यो : वरिष्ठ नेता पौडेल

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले अधिनायकवादी चरित्र उदाङ्गो पारेको बताएका छन् ।

रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न दाहाल-नेपाल नेतृत्वको नेकपाको माग

नेकपाको दाहाल–नेपाल समूहले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई अविलम्ब रिहा गर्न माग गरेको छ । प्रहरीले बिहीबार झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको आरोपमा पक्राउ गरेपछि दाहाल–नेपाल समूहले विज्ञप्ति जारी गर्दै झाँक्रीलाई निसर्त रिहा गर्न माग गरेको हो ।

चन्द नेतृत्वको नेकपासहित चार दलद्वारा संयुक्त मोर्चा घोषणा

हिंसात्मक र गैरकानुनी गतिविधि गरेको आरोपमा २ वर्षदेखि सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित चार वामपन्थी दलले खुला ‘रणनैतिक संयुक्त मोर्चा’ घोषणा गरेका छन् ।

प्रधानमन्त्री ओलीको ठाडो आदेशमा झाँक्रीलाई पक्राउ गरियो : दाहाल

नेकपा अध्यक्ष पुष्पकमल दाहालले रामकुमारी झाँक्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा प्रहरीले पक्राउ गरेको बताएका छन् । बिहीबार आदिवासी जनताजाति मगरसंघ नेपालको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले झाँक्रीलाई प्रधानमन्त्रीको ठाडो आदेशमा प्रक्राउ गरिएको बताएका हुन् । 

झाँक्रीलाई पक्राउ गरिनु लोकतन्त्रविरुद्ध सर्मनाक घटना : वरिष्ठ नेता खनाल

पुष्पकमल दाहाल-माधवकुमार नेपाल नेतृत्वको नेकपाका वरिष्ठ नेता झलनाथ खनालले रामकुमारी झाँक्रीलाई तत्काल रिहा नगरे कडा प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

रामकुमारी झाँक्री प्रक्राउ परेपछि गगन थापाले भने : सरकार झ्यालखानाको संख्या थप

नेकपाको दाहाल–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्री पक्राउको कांग्रेस नेता गगन थापाले पक्राउको विरोध गरेका छन् । 

झाँक्रीलाई पक्राउ गर्नु देशलाई मुठभेडमा लगेर निहित स्वार्थपूर्ति गर्ने षड्यन्त्र हो : शर्मा

पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले रामकुमारी झाँक्रीलाई पक्राउ गरी सरकारले नागरिक स्वतन्त्रताको हनन भएको प्रतिक्रिया दिएका छन् ।

डा. केसीले गरे प्रतिनिधिसभा विघटनविरुद्ध फागुन १२ देखि अनशन बस्ने घोषणा

डा. गोविन्द केसीले प्रतिनिधिसभा विघटनविरुद्ध अनशन घोषणा गरेका छन् । उनले अवैधानिक रुपमा गरिएको प्रतिनिधिसभा विघटनको प्रयासबाट संविधानको रक्षा गरियोस् भन्दै फागुन १२ गतेदेखि अनशन बस्‍ने बताएका हुन् । माइतीघर मण्डलमा बिहीबार पत्रकार सम्मेलन गर्दै केसीले विभिन्न ३ बुँदे मागसहित २० औं सत्याग्रह घोषणा गरेका छन् ।

ओलीका वकिलको तर्क- 'प्रधानमन्त्री राजा र श्री ३ बराबर हो' 

प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायीले प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई रहेको बताएका छन् । ओलीका निजी वकिल आरसी गौतमले प्रधानमन्त्रीमा राजा र श्री ३ बराबरको अधिकार रहेको दाबी गरेका हुन् ।

राज्यविरुद्धको कसुरको आरोपमा झाँक्री पक्राउ

नेकपाको दाहाल–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रहरीले बिहीबार उनलाई शंखमूलस्थित निवासबाटै पक्राउ गरेको हो ।

प्रहरीलाई झाँक्रीको जवाफ- पक्राउ गर्न पुर्जी लिएर आउनुस्

नेकपाको दाहाल-नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीले आफूलाई पक्राउ गर्न आएका प्रहरीलाई पक्राउ पुर्जी लिएर आउन भनेकी छन् ।

खोप अब जनप्रतिनिधिलाई

सरकारले अब कोरोनाविरुद्धको खोप लगाउने प्राथमिकतामा स्थानीय तहका जनप्रतिनिधि र सरकारी कर्मचारी राखेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई खोप लगाएलगत्तै अर्को चरणको खोप कार्यक्रम फागुन २ देखि ८ सम्म निर्धारण गरेको हो ।

राष्ट्रपतिलाई गालीगलौज गरेको भन्दै रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलायो

राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रहरीले नेकपा दाहाल-नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई सोधपुछका लागि बोलाएको छ ।

खोप खरिदका लागि विश्व बैंकले ८ अर्ब ७० करोड सहुलियत ऋण दिने

कोभिड–१९ विरुद्धको खोप खरिदका लागि विश्व बैंकले नेपाललाई ७ करोड ५० लाख अमेरिकी डलर (करिब ८ अर्ब ७० करोड नेपाली रुपैयाँ) सहुलियत ऋण उपलब्ध गराउने तयारी गरेको छ ।