कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

वडा सदस्यको घरमा युवती मृत अवस्थामा फेला 

मोहन बुढाऐर

धनगढी — कैलालीको गौरीगंगा नगरपालिका ३ का सदस्य निरज चौधरीको घरमा स्थानीय एक युवती झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी तथा प्रवक्ता प्रतिक विष्टका अनुसार आइतबार  विहान वडा सदस्य चौधरीको घरको कोठामा युवतीको शव फेला परेको हो । 

‘प्रहरीलाई नौ बजे खबर भएको थियो’, उनले भने,‘ घटना शनिबार राति वा बिहान ६/७ बजेको पनि हुन सक्छ । घटनास्थलको प्रारम्भिक अनुसन्धान भइरहेको छ ।’

घटनास्थलमा मृतक झुण्डिएको कोठा बाहिरबाट बन्द र खुला भूइँमा टेकेको अवस्था थियो । डिएसपी विष्टले हत्या वा आत्महत्या अहिल्यै भन्न नसकिने बताए ।

प्रकाशित : माघ २५, २०७७ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?