३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बाबुद्वारा गोली प्रहार गरी छोरीको हत्या

तृप्ति शाही

बैतडी — बैतडीको पुरचौर्डी नगरपालिकामा बाबुले छोरीलाई गोली प्रहार गरी हत्या गरेका छन् ।

नगरपालिकाको वडा नम्बर १० विजयपुरको धौबिसैका अन्दाजी ५० वर्षीय धनबहादुर महराले आफ्नै २० वर्षीया छोरी बेलमतीमाथि गोली प्रहार गरी हत्या गरेका हुन् ।

शनिबार साँझ ५ बजे सामान्य घरायसी विवादमा धनबहादुरले छोरीको पिठ्युमा गोली हानी जंगलतर्फ भागेका थिए । घटना लगत्तै पुरघाट प्रहरी चौकीबाट प्रहरी घटनास्थलमा गएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले बताए । गाली लागेर घाइते भएकी छोरीको मृत्यु भइसकेको उनले बताए ।

प्रहरीका अनुसार बन्दुकसहित महरा जंगल भागेका छन् । मृतकका १ वर्षका छोरा पनि रहेका छन् ।

प्रकाशित : माघ २४, २०७७ २१:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?