मुठभेडको राजनीतिले नागरिकको गरी खाने अधिकार वञ्‍चित हुने खतरा : जबरा

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराले लाञ्छना र मुठभेडको राजनीतिले आम नागरिकको गरी खाने अधिकार वञ्चित हुने खतरा उत्पन्न भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

नेकपालाई जनताले दिएको बहुमतको म्यान्डेट स्वार्थमा रुपान्तरण हुँदा जनतामाथि धोका भएको अध्यक्ष राणाको आरोप छ । ‘स्वार्थमा आधारित स्वेच्छाचारिता निश्चित पनि अग्रगमन होइन,’ राणाले भने ।

उनले शनिबार ट्वीट गर्दै भने, ‘भारी बहुमत स्वार्थको बन्दी बन्दै गर्दा लाञ्छना र मुडभेडको राजनीति रेखाङ्कन हुन थालेको हो कि भन्ने प्रश्न आम भएको देखिन्छ । जनचाहनाविपरीतको यस्तो माहोलमा नागरिकको गरी खाने अधिकार कुण्ठित हुने गर्दछ,’

प्रजातन्त्र जोगाउन निष्पक्ष राष्ट्रप्रमुखको रुपमा राजसंस्था र हिन्दु राष्ट्रको बलियो आधार आवश्यक रहेको राप्रपाको ठहर छ ।

प्रकाशित : माघ २४, २०७७ १५:१७
प्रतिक्रिया
पठाउनुहोस्

माटोको ढिस्कोले पुरिएर कैलालीमा तीनको मृत्यु, २ घाइते

गणेश चौधरी

टीकापुर — माटोको ढिस्कोले पुरिएर कैलालीमा शनिबार तीन जनाको मृत्यु भएको छ भने अन्य दुई घा‍इते भएका छन । जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटामा घर पोत्ने माटो खन्दा उनीहरुको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार मृत्यु हुनेमा पूर्वी खैरीफाटाका २० वर्षीया भावना ओड, ३१ वर्षीया गंगा जैगडी र १७ वर्षीया धनसरी विक रहेका छन् ।

उक्त घटनामा परी काजल विक र अञ्जु जैगढी घाइते भएका छन । घाइतेहरुको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको डीएसपी न्यौपानले बताए ।

प्रकाशित : माघ २४, २०७७ १४:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×