ओलीलाई अहिलेको संविधान पहिलेदेखि नै चित्त बुझेको थिएन : भट्टराई

वैशाखमा कुनै हालतमा चुनाव हुँदैन– यादव
दीपेन्द्र शाक्य

संखुवासभा — जसपाका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई अहिलेको संविधान पहिलेदेखि नै चित्त नबुझेको आरोप लगाएका छन् ।

ओलीलाई अहिलेको संविधान पहिलेदेखि नै चित्त बुझेको थिएन : भट्टराई

प्रतिनिधिसभा विघटनतविरुद्ध संखुवासभाको खाँदबारीमा आयोजित विरोध सभालाई शुक्रबार सम्बोधन गर्दै उनले ओलीलाई गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताप्रति इच्छा नभएकाले भित्री र बाहिरी शक्तिसँग मिलेर संसद् विघटन गरेको बताए । नेकपा विभाजनको औपचारिक टुंगो नलागेकाले कांग्रेस पर्ख र हेरको अवस्थामा रहेकाले दलहरु एक हुन नसकेको पनि उनले बताए ।

ओलीले संविधानमाथि प्रहार गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने खेलमा लागेको भट्टराईको आरोप छ ।

त्यस्तै जसपाका अध्यक्ष उपेन्द्र यादवले आगामी वैशाखमा कुनै पनि हालतमा चुनाव नहुने बताए । उनले प्रधानमन्त्री केपी ओलीले चुनाव गराउन नभइ दम्भ देखाउन प्रतिनिधिसभा खारेज गरेर चुनाव घोषणा गरेको आरोप लगाए ।

प्रधानमन्त्री चुनाव गराउने मानसिकतामा नभएको यादवले बताए । निर्वाचन पनि हुन नसक्ने र संसद् पनि भंग भएको अवस्थामा मुलुकलाई अँध्यारो सुरुङमा राख्न खोजिएको आरोप लगाए । उनले प्रधानमन्त्री ओलीले संघीयता, लोकतन्त्र र परिवर्तन उपर प्रहार गरेको बताए ।

विरोध सभालाई जनता समाजवादीका नेताहरु अशोक राई, रकम चेम्जोङ, हिसिला यामी, जिल्ला अध्यक्ष कवानसेन राई लगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित : माघ २३, २०७७ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?