२४ घण्टामा २७९९ परीक्षणमा १०५ जनामा कोरोना पुष्टि

काठमाडौँ — पछिल्लो २४ घण्टामा देशभर १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा २ हजार ७९९ पीसीआर परीक्षण भएको छ भने हालसम्म २० लाख ८८ हजार ३७२ पीसीआर परीक्षण भएका छन् ।

२४ घण्टामा २७९९ परीक्षणमा १०५ जनामा कोरोना पुष्टि

यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७१ हजार ७०७ पुगेको छ । सक्रिय संक्रमितको संख्या २ हजार १०८ छ भने क्वारेन्टाइनमा ९२ जना रहेका छन् ।

त्यसैगरी २४ घण्टामा २७२ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ६७ हजार ५६४ पुगेको छ । २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ ।

साथै काठमाडौं उपत्यकामा ५८ जना कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा संक्रमित हुनेमा ३३ महिला र २५ जना पुरुष रहेका छन् । काठमाडौंमा ४३, ललितपुरमा १२ र भक्तपुरमा ३ जना कोरोना संक्रमित देखिएका मन्त्रालयले जनाएको छ ।

प्रकाशित : माघ २३, २०७७ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?