कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

गाडी चढेर बन्दमा सहभागी भए दाहाल

काठमाडौँ — सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको नेकपाको दाहाल–नेपाल समूहका कार्यकर्ता सडकमा गाडीसमेत चल्न रोक लगाइरहेका छन् । जनताका लागि आन्दोलन गरेको भनेका उनीहरूले सर्वसाधारणका ट्याक्सी, मोटरसाइकल जलाइदिएका छन् । 

गाडी चढेर बन्दमा सहभागी भए दाहाल

तर, उनीहरूका नेता भने विरोध प्रदर्शनको निरीक्षण गर्न भन्दै आफैं गाडी चढेर काठमाडौं सयर गर्दै छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल बा१७च ३०७१ नम्बरको ल्यान्ड क्रुजर गाडी चढेर ललितपुरको पुलचोक पुगेका थिए । त्यहाँ उनी गाडीबाट ओर्लिएर बीच सडकमा केही समय पलेटी कसेर बसेका थिए । त्यसपछि फेरि गाडी चढेर जावलाखेलतर्फ लागेका थिए । त्यहाँ उनले सडकमै बसेर बन्दकर्ताको नेतृत्व गरेका थिए । उनीसँगै पम्फा भुसाललगायत नेता–कार्यकर्ता पनि सहभागी थिए ।

बिहानै प्रहरीले कलंकी चोकबाट नेत्री अष्टलक्ष्मी शाक्यसहितलाई नियन्त्रणमा लिएपछि कार्यकर्ताले विभिन्न स्थानबाट जुलुससहित प्रदर्शन गरेका थिए । चावहिल चोकबाट बिहान प्रहरीले कृष्ण केसीलगायत नेता–कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले विभिन्न स्थानबाट दर्जनौं प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । प्रदर्शन सफल बनाउन दाहाल–नेपाल समूहले काठमाडौंका प्रमुख स्थानका लागि कमान्डर नै तोकेको थियो ।

प्रकाशित : माघ २२, २०७७ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?