१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

काठमाडौंमा बिहानैदेखि दाहाल–नेपाल समूहको प्रदर्शन [तस्बिरहरू]

काठमाडौँ — प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्दै आएको नेकपाको दाहाल–नेपाल समूहले बिहीबार बिहानैदेखि राजधानीमा विरोध प्रदर्शन गरिरहेको छ । रत्नपार्क, गोंगब, कलंकी, सातदोबाटो लगायत क्षेत्रमा उक्त समूहका नेता–कार्यकर्ता भेला भएर विरोधमा उत्रिएका हुन् । 

काठमाडौंमा बिहानैदेखि दाहाल–नेपाल समूहको प्रदर्शन [तस्बिरहरू]

सातदोबाटोको प्रदर्शनमा अध्यक्ष पुष्पकमल दाहाल, रत्नपार्कको प्रदर्शनमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत नेता सहभागी भए ।

यातायात आवागमनमा अवरोध गर्न खोजेको भन्दै प्रहरीले रत्नपार्कमा प्रदर्शनकारीमध्ये चार जनालाई पक्राउ गरेको छ । उपत्यकाका अन्य स्थानबाट कार्यकर्ताहरू पक्राउ परेका छन् ।

सरकारले प्रक्रिया मिचेर संवैधानिक निकायहरूमा नियुक्तिलगायतका काम गरेको भन्दै दाहाल–नेपाल समूहले बुधबार आन्दोलनका थप कार्यक्रम घोषणा गरेको थियो ।






प्रकाशित : माघ २२, २०७७ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?