३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०८

रामकुमारी झाँक्रीलाई पक्राउ गर्न गृहमन्त्रीलाई महिला संघको ज्ञापन पत्र

काठमाडौँ — नेकपाको ओली पक्षको अखिल नेपाल महिला संघ(अनेमसंघ)ले दाहाल–नेपाल समूहकी नेतृ तथा विघटित प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीलाई प्रक्राउ गरी कारबाही गर्न माग गरेको छ । 

रामकुमारी झाँक्रीलाई पक्राउ गर्न गृहमन्त्रीलाई महिला संघको ज्ञापन पत्र

बुधबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै अखिल नेपाल महिला संघले माघ १६ गते गोरखाको सिरानचोक गाउँपालिकाको एक कार्यक्रममा झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चारित्रिक हत्या गरेको भन्दै प्रक्राउ गरी कारबाही गर्न माग गरेको हो ।

ज्ञापन पत्रमा नेतृ झाँक्रीले राष्ट्रपति भण्डारीको चारित्रिक हत्या गर्दै विभिन्न लाञ्छना, गाली बेइज्जति गरी व्यक्तिगत, पारिवारिक तथा राष्ट्रपतिकै इज्जतमा समेत धक्का पुर्‍याउने नियतले आपत्तिजनक र अपमान जनक शब्दहरु प्रयोग गरेकाले प्रक्राउ गरी कानुन बमोजिम कारबाही गर्न माग गरिएको छ । अनेम संघकी नेतृ सुजिता शाक्यले झांक्रीले राष्ट्रपति संस्थामाथि नै अपमानजनक व्यवहार गरेकाले तत्काल कारबाही गर्न माग गरिएको बताइन् ।

गृहमन्त्री थापाले ज्ञापन पत्र बुझ्दै राष्ट्रपतिमाथि अशोभनिय आरोप लगाउनेलाई कडा कानुनी कारबाहीको प्रक्रिया अगाडी बढाउने बताएको नेतृ शाक्यले जानकारी दिइन् ।

प्रकाशित : माघ २१, २०७७ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?