कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

दार्चुलाका प्रजिअ पोखरेल भन्छन्- 'महाकाली नदी थुनिएको हैन'

मनोज बडू

दार्चुला — जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख शरदकुमार पोखरेलले महाकाली थुनिएको नभएर वर्षातमा थुनिएको नदीको पानी खोल्न भारतले सुरु गरेको बताएका छन् ।

दार्चुलाका प्रजिअ पोखरेल भन्छन्- 'महाकाली नदी थुनिएको हैन'

कच्चनपुर ब्यास गाउँपालिका १ र २ को सीमा क्षेत्र माल्पामा पहिरोका कारण महाकाली नदी थुनिएको भन्दै जिल्ला प्रशासन कार्यालय कञ्‍चनपुरले सूचना जारी गरेपछि दार्चुलाका प्रजिअ पोखरेलले यस्तो प्रतिक्रिया दिएका हुन् । 'महाकाली नदी अहिले थुनिएको हैन । भारतले निर्माण गरिरहेको कैलाश मानसरोवर मार्गको चट्टान महाकाली खसेको थियो । अहिले उक्त क्षेत्रमा महाकाली खोलिरहेको हो,' उनले भने, 'जिल्ला प्रशासन कार्यालयले आफूसँग नबुझेरै सूचना निकालेको छ । आजै नजिकको प्रहरी चौकी र सशस्त्र प्रहरीको टोली उक्त क्षेत्रमा पुगेर फर्केको छ ।'

खतरा नरहेको उनको भनाइ छ । पहिरो गएको क्षेत्रमा अहिले भारतीय प्रशासनले ढुंगा माटो हटाउने कार्य गरिरहेको प्रजिअ पोखरेलले बताए । उनका अनुसार हिउँदयाम भएकोले नदीमा पानीको सतह कम हुँदा यस्तो कार्य गरिरहेको हुन सक्छ । उनले दुम्लिङ प्रहरी चौकीबाट उक्त ठाउँमा प्रहरी गएकोले विस्तृत जानकारी पछि थाह हुने बताए ।

तर जिल्ला प्रशासन कार्यालय दार्चुलाले सार्वजनिक सूचना जारी नगर्दै कञ्चनपुर प्रशासनले सीमा क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ । नदी थुनिएको र छेउछाउका वस्तीमा खतरा हुन सक्ने भन्दै सावधानी अपनाउन कञ्चनपुर प्रशासनले आग्रह गरेको हो ।



प्रकाशित : माघ २०, २०७७ २०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?