सिन्धुपाल्चोकमा बस दुर्घटना, १९ घाइते

अनिश तिवारी

सिन्धुपाल्चोक — दोलखाबाट काठमाडौं जाँदै गरेको रोल्वालिङ यातायातको बा ३ ख २७८९ नम्बरको यात्रुबस पल्टँदा १९ जना घाइते भएका छन् ।

सिन्धुपाल्चोकमा बस दुर्घटना, १९ घाइते

मंगलबार दिउँसो लामोसाँघु जिरी सडकखण्डअर्न्तगतको सुनकोसी गाउँपालिकाक्षेत्र सडखण्डमा यात्रु बस सडकछेउ कोल्टिएर पल्टिएको हो । तीव्र वेगमा आइरहेको यात्रुबस सडकको मोडपछि ठूलो आवाजसहित दुर्घटना भएलगत्तै स्थानीय र सुरक्षाकर्मी घटनास्थल हेर्न पुगेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामचन्द्र घिमिरेका अनुसार दोलखा र सिन्धुपाल्चोकको विभिन्न स्थानका १९ घाइते यात्रुलाई तत्कालै उपचारर्थ बलेफी गापा ७ खाडीचौर बजारस्थित सिन्धु सदाबहार अस्पताल लगिएको छ । जसमा १० जना पुरुष, ८ महिला, एक जना बालक छन् ।

१९ मध्ये एक बलेफी गापा वडा ६ का वर्ष ३७ सिताराम थापाको ढाडमा गहिरो चोट देखिएपछि खाडीचौरबाट काठमाडौंको अस्पताल रिफर गर्न लागिएको सूचना पाएको उनले उल्लेख गरे । ‘अन्यको भने स्वास्थ्य अवस्था सामान्य भएको खबर छ, तत्कालै उद्धारकार्यमा खटिएकाले मानविय हतातहत क्षति हुन पाएन्,’ उनले भने । दुर्घटना भएलगत्तै ठूलोपाखर, खाडीचौर, लामोसाँघुदेखि बाह्रबिसेबाट ट्राफिक र सुरक्षाकर्मी उद्धारर्थ एघार किलो पुगेको उनले उल्लेख गरे ।

अधिकांश घाइतेको हात र गोडामामा चोट भएको र घाइते धेरै भएकाले सिन्धु सदाबहार अस्पतालमा भुइँमा राखेर भएपनि धमाधम उपचार गर्न थालिएको छ ।

प्रकाशित : माघ २०, २०७७ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?