१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अदालतले संसद् पुन:स्थापना गरिदेला भनेर पर्खेर बस्न हुँदैन : नेता भट्टराई

वीरेन्द्र केसी

अर्घाखाँची — पूर्वप्रधानमन्त्री एवं जनता समाज पार्टीका अध्यक्ष बाबुराम भट्टराईले सर्वोच्च अदालतले संसद् पुन:स्थापना गरिदेला भनेर पर्खेर बस्न नहुने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी रहेको भन्दै उनले सडक आन्दोलन गर्नुको विकल्प नभएको जनाए ।

अदालतले संसद् पुन:स्थापना गरिदेला भनेर पर्खेर बस्न हुँदैन : नेता भट्टराई

प्रेस नेपाल अर्घाखाँचीले मंगलबार सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले संसद् पुन:स्थापना नहुने र वैशाखमा चुनाव नभए देश भयंकर द्वन्द्वमा जाने खतरा औंल्याए । देशलाई द्वन्द्वबाट बचाउन कांग्रेससहित सबै दल मिलेर आन्दोलन गर्नुको विकल्प नभएको उनको भनाइ छ । ‘वैशाखमा चुनाव हुने सम्भावना छैन,’ उनले भने, ‘देशमा संकटकाल लाग्ने, यही बहाना बनाएर वैदेशिक हस्तक्षेप बढ्ने हुन सक्छ ।’

आफूले कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, माधव नेपालसहितका नेतालाई भेटेर आन्दोलनमा जानुपर्ने बताएको पनि उनले जानकार दिए । ‘अहिलेको बेला संसद् पुन:स्थापना गरेर अगाडि बढ्नु हो,’ उनले भने ।

प्रकाशित : माघ २०, २०७७ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?