कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नक्कली कागजात बनाई ठगी गर्ने ४ पक्राउ

जाजरकोट — नक्कली कागजात बनाएर सोलार र सुधारिएको चुलो वितरणका लागि भन्दै रकम संकलन गरेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

नक्कली कागजात बनाई ठगी गर्ने ४ पक्राउ

जुम्ला चन्दननाथ नगरपालिका ९ घर भई नेपालगन्ज उपमहानगरपालिका–१८ बस्ने २६ वर्षीय यज्ञप्रसाद रेग्मी र ३३ वर्षीय लक्ष्मीप्रसाद हमाल, जाजरकोट बारेकोट गाउँपालिका–१, रामीडाँडाका ४० वर्षीय हरिचन्द्र बस्नेत र सोही ठाउँका ३३ वर्षीय मानबहादुर महतारालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी मधुकुमार थापाले बताए । पक्राउ परेकाहरुले ग्रामीण विकास तथा क्लिन इन्भरमेन्ट नेपाल संस्थाबाट नक्कली कागजात बनाएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई नलगाड नगरपालिकाले अनमुति दिएपछि वडाध्यक्षहरुले प्रत्येक घरधुरीबाट ३ हजार ७ सय ५० रुपैयाँ संकलन गरी बैंकमा जम्मा गरिदिएका थिए । अति विपन्न परिवारका लागि ८० वाट क्षमताको सोलार र ३५ केजीको सुधारिएको चुलो जडान गरिदिने जनाइएको थियो ।

पक्राउ परेकाहरुले २५ हजार मूल्यको सोलार र २१ हजार २ सय ५० रुपैयाँको चुलो वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्र र ग्रामीण विकास तथा क्लिन इन्भरमेन्टले व्यहोर्ने भन्दै झुक्याएका थिए । वडाध्यक्षहरुलाई पनि रकम बुझेको नगदी रसिद नदिएर सामान बुझेको भर्पाई उनीहरुले गराएका थिए । अनधिकृत रूपमा संस्थाको नाम जोडेर रकम संकलन गरिरहेको जानकारी पाएपछि वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्रले आइतबार विज्ञप्ति प्रकाशित गरी उक्त संस्थासँग केन्द्रको साझेदारी नरहेको स्पष्ट पारेको छ ।

प्रकाशित : माघ १९, २०७७ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?