कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

हिम्मत भए निर्वाचनमा सहभागी हौं : प्रधानमन्त्री ओली

भरत जर्घामगर

सिरहा — प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकास र मुलुकमा शान्ति स्थापना गर्न आफू नेतृत्वको सरकार संसद् विघटन गरेर नयाँ जनमत लिने प्रक्रियामा अगाडि हिँडेको दाबी गरेका छन् ।

हिम्मत भए निर्वाचनमा सहभागी हौं : प्रधानमन्त्री ओली

उनले हिम्मत भए निर्वाचनमा सहभागी भइ जनताको माझमा आउन आन्दोलनरत पक्षहरुलाई चुनौती समेत दिए । ‘अबको संसद्लाई फेरि जोडघटाउ र किनबेचको थलो बनाउने प्रयास गरेकोले नै मैले संसद्को विघटनको सिफारिस गरेको हुँ’, पूर्व सांसद् हेमनारायण यादवको १७ औं स्मृतिसभालाई सोमबार सदरमुकाम सिरहामा सम्बोधन गर्दै उनले भने, ‘संवैधानिक संकट उत्पन्न हुन लागेको अवस्थामा भएको यो विघटन पूर्ण रुपले संवैधानिक छ र निर्धारित मितिमा चुनाव पनि निर्बाध रुपले सम्पन्न हुन्छ ।’

चुनावी सभाझैं गाउँगाउँबाट जनता भेला गरिएको स्मृति सभामा प्रधानमन्त्री ओलीले तोकिएकै मितिमा चुनाव हुने भएकाले देश बनाउने पक्षधरलाई जिताउन आह्वान गरे । ‘संसद् विघटन गरेर ताजा जनादेशका लागि तपाईंहरुमाझ आएको छु,’ उनले भने ‘विकासको पक्षमा आउने शक्तिलाई साथ दिएर जिताउनुस् ।’

उनले आफ्नो जीवन रहेसम्म विकास र सुशासनलाई पूर्णरुपले स्थापित गरी देशलाई नयाँ र समृद्ध नेपालको रुपमा विश्वभर चिनाउने प्रयासमा लागिरहने बताए ।

केही तत्त्वहरुले जनतालाई भड्काएर र अन्योलमा राखेर भत्काउने र बिगार्ने कामहरु मात्र गर्न जानेको उल्लेख गर्दै त्यस्ता तत्त्वहरुको षडयन्त्रलाई चिर्दै आफूले देश बनाउने काममा मात्र ध्यान दिन थालेको बताए ।

प्रकाशित : माघ १९, २०७७ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?