१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

खोप अभियानको दोस्रो दिन : २८ हजारभन्दा बढीले लगाए खोप 

काठमाडौँ — खोप अभियानको देस्रो दिन देशभर २८ हजारभन्दा बढीले कोरोना (कोभिड १९) विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । बिहीबार विज्ञप्ती जारी गर्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ७७ जिल्लामा कुल २८ हजार ७३२ जनाले खोप लगाएको जानकारी दिएका हुन् ।

खोप अभियानको दोस्रो दिन : २८ हजारभन्दा बढीले लगाए खोप 

प्रदेश १ मा ३ हजार ८ सय ४७, प्रदेश २ मा २ हजार १ सय ७४, वाग्मती प्रदेश मा ११ हजार ४ सय ६१, गण्डकी प्रदेशमा ४ हजार ८५३, लुम्बिनी प्रदेशमा २ हजार ३ सय ३, कर्णाली प्रदेशमा १ हजार ६ सय ७७ र सुदूरपश्चिम प्रदेशमा २ हजार ४ सय १७ जनाले खोप प्राप्त गरेका छन् ।

प्रवक्ता डा गौतमले खोप पाएका व्यक्तिहरुमा हालसम्म कुनै पनि स्वास्थ्य समस्या नदेखिएको बताए । खोपको पहिलो दिन ९ हजार ८४ जनाले खोप लगाएका थिए । बुधबारदेखि सुरु भएको खोप अभियानअन्तर्गत देशभरका ३०० खोप केन्द्रहरुमार्फत स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालकलगायत अग्रपंक्तिमा खटिने सेवा प्रदायकलाई आगामी १० दिनभित्र करिब ४ लाख ३० हजार व्यक्तिहरुलाई खोप लगाउने सरकारको लक्ष्य छ ।


प्रकाशित : माघ १५, २०७७ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?