कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

वाङ्‍मय शताब्दी पुरुष जोशी र राष्ट्रकवि घिमिरेका तस्बिर अंकित हुलाक टिकट प्रकाशन गर्न स्वीकृति

काठमाडौँ — सरकारले वाङ्‌मय शताब्दी पुरुष सत्यमोहन जोशी र राष्ट्रकवि माधवप्रसाद घिमिरेको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गर्न स्वीकृति दिने निर्णय गरेको छ । 

वाङ्‍मय शताब्दी पुरुष जोशी र राष्ट्रकवि घिमिरेका तस्बिर अंकित हुलाक टिकट प्रकाशन गर्न स्वीकृति

माघ ११ गते आइतबार बसेको मन्त्रिपरिषद् बैठकले छपाईभई आएको वाङ्गमय शताब्दी पुरुष जोशी र राष्ट्रकवि घिमिरेको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।

त्यस्तै माघ ५ गतेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यको पदावधि थप गर्ने र नेपाल सरकार, प्रदेश र स्थानीय तहबीच प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँट स्वीकृत गर्ने निर्णय भएको पनि प्रवक्ता गुरुङले जानकारी दिए ।

हेरौं मन्त्रिपरिषद्का निर्णयहरु





प्रकाशित : माघ १४, २०७७ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?