१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

२४ घण्टामा २८३ जनामा कोरोना पुष्टि, ३ को मृत्यु

काठमाडौँ — पछिल्लो २४ घण्टामा देशभर २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा ४ हजार ३८२ पीसीआर परीक्षण भएको छ भने हालसम्म २० लाख ५७ हजार ६९ पीसीआर परीक्षण भएका छन् । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७० हजार ३७५ पुगेको छ ।

२४ घण्टामा २८३ जनामा कोरोना पुष्टि, ३ को मृत्यु

सक्रिय संक्रमितको संख्या ३ हजार २८६ छ भने क्वारेन्टाइनमा १२२ जना रहेका छन् ।

त्यसैगरी २४ घण्टामा २४६ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ६५ हजार ६९ पुगेको छ । २४ घण्टामा कोरोनाबाट ३ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार २० छ ।

साथै काठमाडौं उपत्यकामा १४५ जना कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा संक्रमित हुनेमा ४९ महिला र ६० जना पुरुष रहेका छन् । काठमाडौंमा १२२, ललितपुरमा १४ र भक्तपुरमा ९ जना कोरोना संक्रमित देखिएका छन् ।

प्रकाशित : माघ १४, २०७७ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?