कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अमेरिकी राजदूत बेरीले राष्ट्रपति भण्डारीलाई पनि भेटे

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि अमेरिकी राजदुत र्‍यान्डी बेरीले भेटवार्ता गरेका छन् । अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेनको प्रशासन आएसँगै त्यसको प्राथमिकता बारेमा जानकारी दिन र छलफल गर्न राजदूत बेरी मंगलबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेका हुन् ।

अमेरिकी राजदूत बेरीले राष्ट्रपति भण्डारीलाई पनि भेटे

उनीहरुबीच सोमबार दिउँसो भेटवार्ता भएको थियो राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

बेरीले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए भने सोमबार बिहान नेकपा (दाहाल–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल र बेलुकी कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए ।

घर र विश्वभर प्रजातन्त्रलाई बलियो बनाउनको लागि नयाँ जोशका साथ कसरी अमेरिकाको नयाँ राष्ट्रपति प्रशासनले काम गर्छ र महिला अधिकारलाई बढावा दिनमा ध्यान दिने विषयमा राष्ट्रपति भण्डारीलाई जानकारी दिएको राजदूत बेरीले ट्वीटमार्फत जानकारी दिएका छन् ।

अमेरिकी दूतावासका अनुसार यी भेटवार्ताहरु नेपाल सरकार र राजनीतिक दलका नेताहरुसँग नयाँ राष्ट्रपतीय प्रशासनको विश्वव्यापी प्राथमिकताबारे छलफल गर्न राजदूत बेरीले उच्चस्तरीय बैठकहरु गरिरहेका हुन् । बेरीले ओलीसँग माघ ८ गते बालुवाटार पुगेर भेटवार्ता गरेका थिए ।

प्रकाशित : माघ १३, २०७७ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?