२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

अमेरिकी राजदूत बेरीले भेटे देउवालाई

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालपछि अमेरिकी राजदूत र्‍यान्डी बेरीले सोमबार बेलुकी कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका छन् ।

अमेरिकी राजदूत बेरीले भेटे देउवालाई

बूढानीलकण्ठस्थित देउवा निवासमा उनीहरूबीच अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेन प्रशासनको प्राथमिकताबारे छलफल भएको थियो । बेरीले बाइडेन प्रशासनका प्राथमिकताबारे देउवालाई जानकारी गराएका थिए ।

बाइडेनले कार्यभार सम्हालेयता अमेरिकाले लोकतन्त्रलाई सुदृढ पार्ने, जलवायु परिवर्तनका विरुद्ध लड्ने र विश्वभर महिलाअधिकारको उत्थान गर्ने विषयमा प्रतिबद्धता जनाइरहेका छन् । जसलाई राजदूत बेरीले ओली, दाहाल र देउवासँगको भेटवार्तामा पनि दोहोर्‍याएका थिए ।

देउवासँगको भेटपछि आफ्नो ट्विटमा बेरीले नयाँ राष्ट्रपतिका प्रशासनको विश्व प्राथमिकताबारे छलफल गर्न आफूले नेपाल सरकार र राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गरिरहेको उल्लेख गरेका छन् ।

बेरीले ओलीसँग माघ ८ गते बालुवाटार पुगेर भेटवार्ता गरेका थिए । त्यस्तै दाहालसँग सोमबार बिहान खुमलटार पुगेर भेटवार्ता गरेका थिए ।

प्रकाशित : माघ १३, २०७७ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?