‘शान्तिपूर्ण नागरिक भेलामाथिको प्रहरी दमनले ओली नेतृत्वको दमनकारी चरित्र उजागर भयो’

काठमाडौँ — प्रतिनिधिसभा विघटनकोविरुद्ध सोमबार बालुवाटार मार्च पासका क्रममा भएको प्रहरी हस्तक्षेपले केपी शर्मा ओली नेतृत्वको दमनकारी चरित्र उजागर भएको नागरिक आन्दोलनले बताएको छ । प्रतिनिधिसभा विघटनकोविरुद्ध सोमबार बालुवाटार मार्च पासका क्रममा भएको प्रहरी दमनले केपी शर्मा ओली नेतृत्वको दमनकारी चरित्र उजागर भएको नागरिक आन्दोलनले बताएको हो ।

‘शान्तिपूर्ण नागरिक भेलामाथिको प्रहरी दमनले ओली नेतृत्वको दमनकारी चरित्र उजागर भयो’

सोमबार नागरिक आन्दोलनका तर्फबाट विज्ञप्ति जारी गर्दै युग पाठकले शान्तिपूर्ण भेलामा सरकारले निर्मम दमन गरेको बताएका छन् । नागरिकहरूमाथि प्रहरीले प्रहार गरेको लाठी र पानीको फोहोराबाट दर्जनौं नागरिकहरू घाइते भएको पनि पाठकले जनाएका छन् ।

'शान्तिपूर्ण भेला र मार्चमा भएको प्रहरी दमनले केपी शर्मा ओली नेतृत्वको हताश मनोदशा र दमनकारी चरित्र उजागर गरेको छ, ' विज्ञप्तिमा भनिएको छ ।

सरकारी रवैयाको बृहत् नागरिक आन्दोलन घोर भत्सर्ना गर्दै सबैखाले राजनीतिक एवं सांस्कृतिक प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलनले तेस्रो जनआन्दोलनको पनि घोषणा गरेको छ ।

सोमबार प्रदर्शनको क्रममा संघर्ष दाहाल, कुमार बर्तौला, सिएन थारु, स्वर्णिम दिनेश, राम नरेश यादव, प्राध्यापक रमेश भट्टराई घाइते भएका थिए । उनीहरुको काठमान्डु मोडल अस्पताल, हेल्पीङ ह्यान्ड्स र हिमाल हस्पिटलमा उपचार भएको थियो । गम्भीर घाइते भएका निर्गराज जैसी, जनक ढुंगाना, सुरज तामाङ, कुलदिप शर्मा, सुनिल श्रेष्ठ र गोविन्द भण्डारी शिक्षण अस्पतालमा उपचाररत छन् ।

यसैगरी सबैखाले राजनीतिक एवं सांस्कृतिक प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलनले तेस्रो जनआन्दोलन घोषणा समेत गरेको छ ।

तस्बिरहरु : अंगद ढकाल, केशव थापा/कान्तिपुर

त्यस्तै सोही कार्यक्रममा समाचार तथा फोटो संकलन गएका सञ्चारकर्मीहरु घाइते भएको प्रति फोटोपत्रकार क्लबले छुट्टै विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएको छ । पानीका फोहरासहित लाठीचार्ज गर्दा आन्दोलनको तस्बिर संकलन तथा सम्प्रेषण गरिरहेको फोटो पत्रकारहरुलाई समेत लक्षित गरी पानीको फोहरा र लाठीप्रहारबाट ५ जना फोटोपत्रकारहरु घाइते हुनुका साथै क्यामरामा समेत क्षति पुगेको क्लबले जनाएको छ ।

घाइते तथा क्यामेरामा क्षति भएका फोटोपत्रकारहरुमा नरेन्द्र श्रेष्ठ (ईपिए), नरेश श्रेष्ठ (द हिमालयन टाइम्स), केशव थापा (कान्तिपुर), अंगद ढकाल (कान्तिपुर), प्रविण कोइराला (नेपालखबर) रहेका छन् । थापा, ढकाल र कोइराला घाइते हुनुका साथै उनीहरुको क्यामरामासमेत क्षति पुगेको छ ।

संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थामा शान्तिपूर्ण विरोध गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार रहेको स्मरण गराउँदै चौथो अंगको रुपमा मानिएको सञ्चार क्षेत्रलाई स्वतन्त्र भएर सूचना सम्प्रेषणको सहज वातावरण बनाउन र सञ्चारकर्मीमाथि हस्तक्षेप नगर्न सुरक्षा निकायसहित सरकारलाई फोटोपत्रकार क्लबले आग्रह गरेको छ ।

प्रकाशित : माघ १२, २०७७ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?