कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

कर्णालीमा झण्डै १२ हजारका लागि खोप आइपुग्यो

सुर्खेत — कर्णाली प्रदेशको लागि सोमबार ११ हजार ७ सय ८० जनालाई पुग्ने गरी कोरोना विरुद्धको खोप आइपुगेको छ । बुधबारदेखि खोप लगाउन सुरु गरिने प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कर्णालीमा झण्डै १२ हजारका लागि खोप आइपुग्यो

निर्देशनालयका निर्देशक डा. रविन खड्काका अनुसार प्रदेशका हिमाली जिल्ला हुम्ला, जुम्ला, मुगु र डोल्पाको लागि नेपालगन्जबाट हवाइमार्गमा र अन्य जिल्लामा सुर्खेतबाट स्थलमार्गमा खोप ढुवानी गरिने छ । १० दिनभित्र पहिलो डोज लगाइने र पहिलो डोज लगाएको ४ हप्तापछि दोस्रो डोज लगाइने उनले बताए । पहिलो चरणमा लगाउने गरी पहिलो र दोस्रो डोजको लागि करिब २४ हजार खोप आइपुगेको उनले जानकारी दिए ।

प्रदेश स्वास्थ्य निर्देशक डा. खडकाका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, संक्रमितको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, एम्बुलेन्स चालक र महिला स्वास्थ्य स्वयंसेविकालाई खोप दिइने छ । ‘पहिलो चरणमा जिल्ला अस्पतालमै खोप केन्द्र तोकेर खोप लगाउने योजना बनाएका छौं,’ उनले भने, ‘दोस्रो चरणमा भने सदरमुकाम बाहिर पनि खोप लगाइने छ ।’

उनका अनुसार पहिलो चरणमा सुर्खेतका लागि २ हजार ७ सय ८१, दैलेखका लागि २ हजार, जुम्लाका लागि १ हजार ७ सय २, कालीकोटको लागि १ हजार २१, जाजरकोटको लागि १ हजार १ सय ४५, सल्यानको लागि १ हजार १ सय २३, मुगुको लागि ५ सय ४७, डोल्पाको लागि ५ सय ११, रुकुम पश्चिमको लागि ५ सय र हुम्लाको लागि ४ सय ५० डोज कोभिसिल माग गरिएको छ ।पहिलो चरणमा खोप लगाइसकेपछि दोस्रो चरणमा सुरक्षाकर्मी र सञ्चारकर्मी तथा तेस्रो चरणमा आमजनतालाई खोप लगाइने डा. खड्काले बताए ।

प्रकाशित : माघ १२, २०७७ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?