२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

अब तेस्रो जनआन्दोलन सुरु भयो : पत्रकार वाग्ले

काठमाडौँ — शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि वरिष्ठ पत्रकार नारायण वाग्लेले देशमा तेस्रो जनआन्दोलन सुरु भएको बताएका छन् ।

अब तेस्रो जनआन्दोलन सुरु भयो : पत्रकार वाग्ले

प्रतिनिधिसभा विघटनको विरुद्ध नागरिक आन्दोलन भइरहेको बेला प्रहरीले हस्तक्षेप गरेपछि पत्रकार वाग्लेले सम्बोधन गर्दै तेस्रो जनआन्दोलन सुरु भएको बताए ।

'हामीले शान्तिपूर्ण आन्दोलन गरिरहेका थियौं । बिना सूचना बर्बर दमन गर्‍यो ', वाग्लेले भने, 'अब तेस्रो जनआन्दोलन सुरु भयो ।'

यस्तै वाग्लेले प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचार आफूहरुले नै गर्ने बताए । 'आन्दोलनमा घाइते भएकाहरुको उपचार हामी आफैं गर्ने छौं,' उनले भने,' घाइते भएका हाम्रा साथीहरुको यथार्थ जानकारी संकलन गर्ने छौं । सरकारको लालच हामीलाई चाहिँदैन । हामी आफैं उपचार गर्ने छौं ।'




प्रकाशित : माघ १२, २०७७ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?