३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

जबरजस्ती करणी गरेको आरोपमा वडाध्यक्ष पक्राउ

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको मन्थली नगरपालिका १० का वडाध्यक्ष भरत बोहोरा जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । 

जबरजस्ती करणी गरेको आरोपमा वडाध्यक्ष पक्राउ

प्रहरीले उनलाई शनिबार चनखुबाट पक्राउ गरेको हो । भक्तपुरको ठिमी प्रहरी वृत्तले पक्राउ गरी पठाइदिन गरेको आग्रह अनुसार प्रहरीले उनलाई पक्राउ गरी शनिबार नै ठिमी वृत्तको जिम्मा लगाइएको प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिएका छन् ।

मन्थलीकै एक युवतीले वडाध्यक्ष बोहोराले बलात्कार गरेको भन्दै ठिमी प्रहरीलाई जाहेरी दिएको र त्यसकै आधारमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि वडाध्यक्ष बोहोरा पक्राउ परेका हुन् ।

प्रकाशित : माघ १०, २०७७ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?