नेकपा दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक आइतबार बस्‍ने- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपा दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक आइतबार बस्‍ने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक आइतबार बस्ने भएको छ । 

केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार उपलब्ध स्थायी कमिटी सदस्यहरुबीचको अनौपचारिक छलफलपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटी बैठक आइतबार साढे १२ बजे बस्ने जानकारी दिएका हुन् । उनका अनुसार शनिबारको बैठकमा पार्टीले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार ९ गते काठमाडौंमा आयोजना गरेको सभाको समीक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको छ

प्रवक्ता श्रेष्ठले आइतबार थप एजेन्डासहित स्थायी कमिटीको औपचारिक बैठक बस्ने जानकारी दिए । पुस ५ मा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गराएपछि नेकपा दाहाल-नेपाल पक्ष आन्दोलित छ ।

प्रकाशित : माघ १०, २०७७ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्

बालिका बलात्कार गर्ने ८४ वर्षीय व्यक्ति चार वर्षपछि पक्राउ

कान्तिपुर संवाददाता

सल्यान — बालिका बलात्कार कसुरमा दोषी ठहर भएका कपुरकोट गाउँपालिका गाडापानीका ८४ वर्षीय जीतलाल बोहरालाई प्रहरीले चार वर्षपछि पक्राउ गरेको छ । १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

प्रहरीले लुकिछिपी बसिरहेको अवस्थामा कपुरकोट गाउँपालिका– ७ बाट उनलाई पक्राउ गरेको हो । २०७३ माघ ७ गते बालिकामाथि बलात्कार गरेको कसुरमा सल्यान जिल्ला अदालतले बोहोरालाई ८ वर्ष कैद सजाय फैसला गरेको थियो ।

जिल्ला अदालतले २०७३ फागुन १५ गते १ लाख ८ हजार धरौटीमा छोडे पनि अन्तिम फैसला गर्दा जेल सजाय तोकेको थियो । त्यसपछि उनी फरार थिए ।

उनलाई अदालतमा बुझाएर कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी गोविन्द थापाले बताए ।

प्रकाशित : माघ १०, २०७७ १७:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×