पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूलाई ओलीले भने, 'जनयुद्धमा तपाईंहरूको योगदान, त्याग, बलिदानप्रति सम्मान छ'- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूलाई ओलीले भने, 'जनयुद्धमा तपाईंहरूको योगदान, त्याग, बलिदानप्रति सम्मान छ'

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूले 'जनयुद्ध' का क्रममा खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।

पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूसँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार आयोजति भेटघाटमा नेकपा अध्यक्ष रहेका ओलीले 'जनयुद्ध' मा उनीहरुले दिएको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति आफ्नो सम्मान रहेको बताएका हुन् ।

अध्यक्ष ओलीले पूर्वजनमुक्ति सेनाहरुका भावना नेतृत्वले दुरुपयोग गरेको भन्दै आफूले राजनीतिक रुपमा समस्याको वास्तविक समाधान गर्ने आश्वासन दिएका छन् ।

ओलीको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, 'जनयुद्धको अवधिमा तपाईंहरूको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान छ । नेतृत्वले तपाईंहरूका भावनाको दुरूपयोग गर्‍यो । यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, यो एकदमै सही छ । यसरी आइरहँदा तपाईंहरू ढुक्क हुनुहोस्, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छौं । नेतृत्वबाट विगतमा जस्तो धोका पाउनुहुने छैन ।'

ओलीलाई भेट्न तत्कालीन नेकपा (माओवादी) ले सञ्‍चालन गरेको सशस्त्र युद्धका केही कमाण्डरहरु बालुवाटार पुगेका थिए । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गराएपछि सत्तारुढ नेकपा विभाजित भएको छ । ओली समूह र दाहाल-नेपाल समूहमा विभाजित नेकपा अहिले नेता, कार्यकर्ता तानातानमा छन् ।

‌ओलीले असंवैधानिक रुपमा संसद्‌ विघटन गराएको भन्दै दाहाल-नेपाल समूह सडक आन्दोलनमा छ भने ओली समूह वैशाखमा घोषणा गरिएको निर्वाचन हुने दाबीसहित त्यसको तयारमा जुटेको छ । यद्यपि संसद् विघटन सदर वा पुनर्स्थापना भन्ने विषयको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन अवस्थामा छ ।


प्रकाशित : माघ १०, २०७७ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्

एपीएफ अन्तिम चारमा, आर्मी पनि सेमिफाइनलमा

कान्तिपुर संवाददाता

काठमाडौँ — एपीएफले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटको अन्तिम चारको यात्रा तय गरेको छ । यसका लागि उसले शनिबार कर्णाली प्रदेशलाई टीयू मैदानमा भएको खेलमा ७१ रनले हरायो ।

एपीएफको यो लगातार तेस्रो जित हो । यो नतिजाले समूह ए बाट एपीएफसँगै आर्मी पनि सेमिफाइनल पुगेको छ । पहिले ब्याटिङ गरेको एपीएफले ४९.५ ओभरमा सबै विकेट गुमाएर २ सय १८ रन बनायो ।

त्यसमा सन्दीप जोराले सर्वाधिक ६० रन बनाए । जवाफमा कर्णालीले ४३.२ ओभरमा सबै विकेट गुमाउन अगाडि १ सय ४७ रन मात्र बनाउन सक्यो । कर्णालीका लागि हेमन्त ओलीले ५८ रन बनाए पनि यो निर्णायक सावित हुन सकेन ।

यसअघि मूलपानी क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले रहयो । लुम्बिनीको यो दोस्रो जित हो । पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २७.४ ओभरमा अलआउट भएर ६२ रन मात्र बनाएको थियो । जवाफमा लुम्बिनीले १४.५ ओभरमा चार विकेट गुमाएर ६४ रन बनायो । सुदूरपश्चिमको यो तेस्रो हार हो र यो नतिजापछि टिम प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित : माघ १०, २०७७ १६:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×