कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

प्रतिनिधिसभा विघटनविरुद्ध उपत्यकाका ९ ठाउँबाट दाहाल–नेपाल समूहको जुलुस

काठमाडौँ — नेकपाको दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन सुरु गरेको छ । पार्टीका नेता–कार्यकर्ता उपत्यकाका विभिन्न ९ स्थानमा जम्मा भएर जुलुस निकालेका छन् । 

प्रतिनिधिसभा विघटनविरुद्ध उपत्यकाका ९ ठाउँबाट दाहाल–नेपाल समूहको जुलुस

सबै र्‍यालीका सहभागीहरू नगर परिक्रमा गर्दै भृकुटीमण्डपमा भेला भएपछि विरोधसभा गर्ने तयारी छ । विरोधसभा अंग्रेजी अक्षर ‘टी’ आकारमा सञ्चालन गरिने जनाइएको छ । जुलुसका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

दाहाल–नेपाल समूहको बिहीबारको बैठकले केन्द्रीय संघर्ष समितिको अगुवाइमा काठमाडौंमा कार्यकर्ता उतार्ने निर्णय गरेको थियो । प्रदर्शनमा प्रदेश, जिल्ला र मोर्चा संगठनबाट कार्यकर्ता तथा नेताहरू सहभागी हुने समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नेकपाले शुक्रबारको विरोधसभाका लागि निर्देशिका जारी गर्दै निर्धारित नाराहरू मात्र लगाउन कार्यकर्तालाई आग्रह गरेको थियो ।

माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, शान्तिवाटिका, त्रिचन्द्र कलेजबाट निकालिएका जुलुसलाई विभिन्न नेताले नेतृत्व गरेका छन् ।

विराेधसभामा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल लगायतले सम्बोधन गर्दै छन् । विरोधसभामा एक लाख मानिस उतार्ने दहाल–नेपाल समूहको दाबी छ ।




प्रकाशित : माघ ९, २०७७ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?