अमेरिकाको नयाँ नीति र प्राथमिकता बारेमा प्रधानमन्त्री ओलीलाई राजदूत बेरीद्वारा जानकारी 

काठमाडौँ — नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार साँझ बालुवाटारमा पुगेर शिष्टाचार भेटवार्ता गरेका छन् ।

अमेरिकाको नयाँ नीति र प्राथमिकता बारेमा प्रधानमन्त्री ओलीलाई राजदूत बेरीद्वारा जानकारी 

अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेलले बुधबारदेखि आफ्नो चार वर्षे कार्यकाल सम्हालेसँगै अमेरिकाको नयाँ प्राथमिकता र नीतिका बारेमा जानकारी दिन राजदूत बेरी प्रधानमन्त्री निवासमा पुगेका हुन् ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका अनुसार राजदूत बेरीले नयाँ नेतृत्व आएसँगै ल्याइएको नीति र प्राथमिकताको बारेमा जानकारी दिएको बताए ।

प्रकाशित : माघ ९, २०७७ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?