७ केजी पाँचऔंलेसहित पक्राउ
काठमाडौँ — प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले ७ केजी पाँचऔंलेसहित एक जनालाई पक्राउ गरेको छ ।
अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको अवस्थामा ब्युरोबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका-३ महाराजगन्जबाट प्रतिबन्धित वन पैदावर जडिबुटीसहित ओखलढुंगाको सिद्धिचरण नागरपालिका-२का ३१ वर्षीय सागर दाहाललाई पक्राउ गरेको हो ।
दाहाललाई बुधबार पक्राउ गरेर आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडौंमा पठाइएको ब्यूरोले जनाएको छ ।
प्रहरीले उनको ७ केजी तौल भएको ३ हजार ५ सय १५ वटा पाँचऔंले बरामद गरेको हो ।
प्रकाशित : माघ ८, २०७७ १९:२१प्रतिक्रिया