२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

७ केजी पाँचऔंलेसहित पक्राउ

काठमाडौँ — प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले ७ केजी पाँचऔंलेसहित एक जनालाई पक्राउ गरेको छ । 

७ केजी पाँचऔंलेसहित पक्राउ

अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको अवस्थामा ब्युरोबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका-३ महाराजगन्जबाट प्रतिबन्धित वन पैदावर जडिबुटीसहित ओखलढुंगाको सिद्धिचरण नागरपालिका-२का ३१ वर्षीय सागर दाहाललाई पक्राउ गरेको हो ।

दाहाललाई बुधबार पक्राउ गरेर आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडौंमा पठाइएको ब्यूरोले जनाएको छ ।

प्रहरीले उनको ७ केजी तौल भएको ३ हजार ५ सय १५ वटा पाँचऔंले बरामद गरेको हो ।

प्रकाशित : माघ ८, २०७७ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?