२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

काठमाडाैंमा शुक्रबार दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन, ९ ठाउँबाट जुलुस निकालिने

निर्देशिका जारी गर्दै निर्धारित नाराहरु लगाउन आग्रह

काठमाडौँ — प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा दाहाल नेपाल समूहको केन्द्रीय संघर्ष समितिले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ ।

काठमाडाैंमा शुक्रबार दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन, ९ ठाउँबाट जुलुस निकालिने

प्रदर्शनमा लागि प्रदेश, जिल्ला र मोर्चा संगठनबाट कार्यकर्ता तथा नेताहरु सगभागी हुनेछन् । प्रतिनिधि सभा विघटनको खारेज र संसद् पुन:स्थापना गराउन संघर्ष विरोध र सभा गरिने प्रतिनिधिसभा स्थापना नभएसम्म संघर्षका कार्यक्रम जारी राखिने प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले बताए ।

शुक्रबार काठमाडाैंमा आयोजना हुने विराेध सभाका लागि नेकपाले निर्देशिका जारी गर्दै निर्धारित नाराहरु लगाउन आग्रह गरेको छ ।

काठमाडौंको माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, शान्तिवाटिका, त्रिचन्द्र कलेजबाट हुने जुलुसहरुमा विभिन्न नेताहरु उपस्थित हुनेछन् । सबै जुलुस रत्नपार्कमा जम्मा भएर सभामा परिणत हुने संयोजक श्रेष्ठले बताए ।सभामा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने उनले बताए ।

प्रकाशित : माघ ८, २०७७ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?