१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सोलुखुम्बुमा टिपर दुर्घटना : तीन जनाको मृत्यु

रासस

सोलुखुम्बु — सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिकाको सिमानास्थित महादेव भिरमा टिपर खस्दा तीनको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

सोलुखुम्बुमा टिपर दुर्घटना : तीन जनाको मृत्यु

आइतबार राति करिब ११:३० बजे बा४ख ७९८० नम्बरको टिपर दुर्घटना हुँदा धादिङ घर भएका ३३ वर्षीय चालक कमल मगर, हेटौँडाका अन्दाजी ३३ वर्षीय रामकुमार मगर र सप्तरीका १९ वर्षीय कृष्ण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक अनिल माबोहाङले जानकारी दिए ।

हेटौँडाका २३ वर्षीय रमेश मगर गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको छ । दूधकोसी सोलुखोला (८६ मेगावाट) जलविद्युत् आयोजनाको निर्माण सामग्री लिएर आएको टिपर भिरबाट करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । सोलु जलविद्युत् आयोजना (२३.५ मेगावाट) मा प्रयोग भएका सामग्री निर्माणाधीन दूधकोसी सोलु खोला जलविद्युत् आयोजना (८६ मेगावाट) मा लैजाने क्रममा महादेव भिरमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सामग्री ढुवानीका लागि तिङलाबाटै पञ्चन निस्कन मिल्ने मार्ग भए पनि उनीहरू सल्यानतर्फ किन लागे भन्ने कारण खुल्न सकेको छैन ।

प्रकाशित : माघ ५, २०७७ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?