अब प्रतिक्रान्तिकारीहरुको मुटु हल्लिने आन्दोलन चाहिन्छ : दाहाल- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अब प्रतिक्रान्तिकारीहरुको मुटु हल्लिने आन्दोलन चाहिन्छ : दाहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले देशलाई फेरि अँध्यारो सुरुङमा हाल्ने षड्यन्त्र भएको बताएका छन् । काठमाडौंमा आइतबार आयोजित आफू निकट अनेरास्ववियूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशलाई घुमाएर निरंकुशताको ठाउँमा पुर्‍याउने र अँध्यारो युगमा हाल्ने षड्यन्त्र भएको बताएका हुन् ।

‘यहाँ निकै ठूलो षड्यन्त्र भइराखेको छ । इतिहासलाई पुरै धकेल्ने, घुमाएर निरंकुशताको ठाउँमा पुर्‍याउने र देशलाई अँध्यारो युगमा हाल्ने षड्यन्त्र भएको छ । एउटा शब्द खुब सुनिन्छ नि आजभोली सेटिङ भइसक्यो रे । यो सेटिङ भन्ने शब्द अहिले डरलाग्दो छ,’ दाहालले भने, ‘केपी ओली र केपीका मान्छेले भन्दै हिँडेका छन् । हुँदाहुँदा अदालतलाई पनि केपीले राजनीतिक निर्णय हुनुपर्छ भनेका छन् । निर्वाचन आयोगलाई पनि भनेका छन् । हामीले त अदालत र निर्वाचन आयोगप्रति विश्वासमात्रै व्यक्त गरेका छौं ।’

यस्तो षड्यन्त्र र प्रतिगामीहरुको मुटु हल्लिने गरी आवेगमय आन्दोलन चाहिएको पनि दाहालले बताए । ओलीले शाकाहारी आन्दोलनलाई नगन्ने भन्दै उनले भने, ‘हाम्रो आन्दोलन अलि आवेगमय हुनु पर्‍यो । अलि जुझारु, आक्रामक हुनु पर्‍यो । शाकाहारी जस्तो हुनु भएन । बाघ, सिंह गज्रे जस्तो हुन पर्ने भयो । ती प्रतिक्रान्तिकारीहरुको मुटु हल्लिन पर्‍यो । त्यस्तो आन्दोलन चाहिएको छ ।’

प्रतिगमनलाई कुनै हालतमा सफल हुन नदिने भन्दै दाहालले कार्यकर्ताको रक्षाका लागि आन्दोलनको अग्रपंक्तिमा आफू हुने बताए । उनले कार्यकर्तालाई जोगाउन आफ्नो टाउको फुटाउन पनि तयार भएको दाबी गरे । ‘माघ ९ गतेको प्रदर्शनमा हामी अग्रपंक्तिमा हुन्छौं । हिजो गिरिजाबाबु, माधव, झलनाथजीहरुले लाठी खाएजस्तै मलाई किन किन मेरो टाउको चिलाएको हो कि के हो ? तपाईंहरु पछाडि, म अगाडि बस्छु र लाठी खान मन लागेको छ । म त्यो स्परिडमा छु,’ दाहालले भने, म तपाईंहरुको टाउको जोगाउन मेरो टाउको फुटाउन तयार छु । तर, यो प्रतिगमनलाई कुनै हालतमा सफल हुन दिइने छैन । हजारौं सहिद र योद्धाहरुको सपना खेर जाने छैन । नेपाललाई प्रतिगमनतिर लैजाने सोचेको छ भने त्यो भ्रम हो ।’

ओली र उनका मान्छेले सर्वोच्च अदालत, निर्वाचन आयोगलाई समेत धम्काउँदै हिँडेको दाहालले बताए । ‘केपी र उनी नजिकका मान्छेहरुले सेटिङ भइसक्यो, सूर्य पनि भनेको हाम्रै हुन्छ भनेको देख्दा, अदालतले पनि हामीले भनेअनुसार नै गर्छ भनेको देख्दा यो सेटिङ शब्दभित्र के रहस्य हो भन्ने चिन्ता लागेको छ,’ दाहालले भने, ‘म यो मञ्चबाट सर्वोच्च अदालत र निर्वाचन आयोगलाई शंका गर्न चाहन्न । तर केपीको सेटिङलाई त शंका गर्न पाइयो नि हामीले ?’

सिंगो देश ओलीको असंवैधानिक कदमको विरोधमा उभिएको भन्दै दाहालले त्यसको नेतृत्व आफुँहरुले लिनु पर्ने बताए । ‘खुशीको कुरा सिंगो राष्ट्र केपीको कदम विरुद्ध छ । प्रायसबै जनता, सबै सेक्टर यसको विरोधमा छन् । यो भन्दा राम्रो आन्दोलनका लागि जनमत हुन सक्दैन । यति ठूलो जनमत छ । तर, यसको स्वीज दबाउने काम गर्नुछ । त्यसको नेतृत्व हामीले लिनु छ,’ दाहालले भने ।

प्रकाशित : माघ ४, २०७७ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्

इंग्ल्यान्डलाई जितका लागि ३६ रन आवश्यक

(एजेन्सी)

गाले — इंग्ल्यान्डलाई श्रीलंकाविरुद्धको पहिलो टेस्ट जित्न पाँचौं दिन ३६ रन चाहिनेछ । आइतबार चौथो दिनको नाटकीय खेलको अन्त्यतिर इंग्ल्यान्डले तीन विकेट गुमाए पनि टिमतर्फ अग्रसर रहेको छ ।

जितका लागि ७४ रन चाहिएकोमा पाहुना टिम तीन विकेट गुमाएर १४ रनको खराब स्थितिमा पुगेको थियो। डम सिबली र ज्याक क्रली बायाँ हाते स्पिनर लसिथ इम्बुलडेनियाको सिकार भए ।

कप्तान जोए रुट रनआउट भए । जोनी बियरस्टो पनि रनआउट हुने सम्भावनाबाट गुज्रेका थिए । पछि उनले डन लरेन्ससँग मिलेर टिमलाई थप क्षति हुन दिएनन र टिम ३८ रनको स्थितिमा रह्यो ।

प्रकाशित : माघ ४, २०७७ १८:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×