कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

केपी ओलीले बालुवाटार छाड्ने बेलासम्म मुलुक ध्वस्त पार्न बेर छैन : नेता नेपाल

कमल पन्थी

बर्दिया — नेकपा (दाहाल-नेपाल) समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई तनाशाह भन्दै उनीबाट मुलुक जोगाउन अपील गरेका छन् ।

केपी ओलीले बालुवाटार छाड्ने बेलासम्म मुलुक ध्वस्त पार्न बेर छैन : नेता नेपाल

गुलरियामा आइतबार आयोजित बृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले भने, 'पहिले राजा महेन्द्रबाट देश जोगाउ भन्ने गरेका थियौं, अहिले केपी ओली तानाशाहबाट मुलुक जोगाऔं ।'

ओलीलाई विश्वंशकारी भन्दै नेपालले ओलीले बालुवाटार छाड्ने बेलामा ध्वस्त पार्न सक्ने आरोप लगाए । उनले भने, 'हामीले यस्तो विध्वंशकारी मान्छे पाएको छौं, केपी ओलीले बालुवाटार छाड्ने बेलासम्ममा मुलुक ध्वस्त पार्न बेर छैन ।' कार्यक्रममा दाहाल नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ, युवराज ज्ञवाली, वर्षमान पुन, ओनसरी घर्तीलगायतले बोलेका थिए ।

प्रकाशित : माघ ४, २०७७ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?