१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रतिनिधिसभा विघटन गरेर ओलीले अस्थिरता निम्त्याए : नेपाल

दुर्गालाल केसी

दाङ — दाहाल–नेतृत्वको नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अशान्ति फैलाएको बताएका छन् ।

प्रतिनिधिसभा विघटन गरेर ओलीले अस्थिरता निम्त्याए : नेपाल

शनिबार बिहान घोराहीमा आयोजित पत्रकार भेटघाटमा नेपालले बहुमतप्राप्त सरकार हुँदाहुँदै प्रतिनिधिसभा विघटन गरेर ओलीले देशमा अस्थिरता निम्त्याएको बताए ।

आधिकारिक नेकपा आफूहरु भएको दाबी गर्दै नेपालले ओली समूहलाई ‘ओली गुट’को संज्ञा दिए । अब ओलीको कदमविरुद्ध अन्य दलहरुसँग सहकार्य गरेर सशक्त आन्दोलन थाल्ने जानकारी दिँदै नेपालले ओलीले त्यसको सामना गर्नुपर्ने धारणा व्यक्त गरे ।

दाहाल–नेपाल पक्षीय नेकपाले शनिबार तुलसीपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न दाङ आएका नेपालले प्रतिनिधिसभा पुन:स्थापना भएरै छाड्ने दाबी गरे ।

कार्यक्रममा नेकपा नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पनु, ओनसरी घर्तीलगायतका नेताहरुको सहभागिता थियो ।

प्रकाशित : माघ ३, २०७७ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?