२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भारतले ईपीजी रिपोर्ट बुझ्नुपर्छ : परराष्ट्रमन्त्री ज्ञवाली

नयाँदिल्ली — भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रबुद्ध समूह (ईपीजी) ले तयार गरेको भारतले बुझ्नुपर्ने बताएका छन् । शनिबार बिहान भारतीय पत्रकारहरुसँगको अन्तरक्रियामा भारतले किन ईपीजी प्रतिवेदन बुझन मानिरहेको छैन भन्ने प्रश्नमा मन्त्री ज्ञवालीले त्यस्तो धारणा राखेका हुन् ।

भारतले ईपीजी रिपोर्ट बुझ्नुपर्छ : परराष्ट्रमन्त्री ज्ञवाली

‘भारतको कुरा जवाफ दिने म सही व्यक्ति होइन । रिपोर्टका सम्बन्धमा बुझाई र दृष्टिकोण फरक छ भन्ने लाग्छ । तर, रिपोर्ट एउटा वास्तविकता हो । त्यसले यसलाई बुझ्नुपर्छ,’ ज्ञवालीले भने । त्यसैगरी उनले रिपोर्टलाई अध्ययन गरेर क्रमश: कार्यान्वयनमा लैजानुपर्ने बताए ।

२०७३ सालमा नेपाल र भारतबीच रहेका १९५० लगायतका सन्धि र सम्झौता पुनरावलोकनका लागि सुझाव दिन ईपीजी गठन गरिएको थियो । ईपीजीको दुई वर्षे समयावधि २० असार २०७५ मा सकिएको हो । गत वर्ष असार १५–१६ मा काठमाडौंमा बसेको ईपीजीको अन्तिम बैठकले सुझावहरु समेटेर संयुक्त प्रतिवेदनलाई अन्तिम रुपमा दिएको थियो । सोही बैठकले रिपोर्टलाई टुंगो लगाउँदै दुवै देशका प्रधानमन्त्रीलाई बुझाउने निर्णय गरेको थियो । त्यसपछि मात्र रिपोर्ट सार्वजनिक गर्ने सहमति भएको थियो । तर, संयुक्त प्रतिवेदन तयार भएको साढे दुई वर्ष बितिसक्दा पनि भारतले रिपोर्ट बुझ्न आनाकानी गर्दै आएको छ ।

शुक्रबार नयाँदिल्लीमा सम्पन्न नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा पनि नेपाली पक्षले यो विषयलाई उठाएको थियो । त्यसअघि भारतीय विदेश मन्त्री एस जयंशकरसँगको भेटमा पनि मन्त्री ज्ञवालीले ईपीजी मुद्दा उठाएका थिए । तर, ती दुवै छलफलमा भारतीय पक्षले ईपीजी रिपोर्टका बारेमा प्रस्ट धारणा नराखेको स्रोतले बताएको छ । जसले गर्दा भारतले उक्त रिपोर्ट कहिले बुझ्ने भन्ने अन्यौल कायमै रहने निश्चित भएको छ ।

सम्बन्धित समाचार

भारतीय रक्षामन्त्री सिंहसँग परराष्ट्रमन्त्री ज्ञवालीको भेटवार्ता

प्रकाशित : माघ ३, २०७७ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?