कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सरकारी संचारमाध्यमलाई स्वतन्त्र र निष्पक्षरुपमा काम गर्न दिन दाहाल–नेपाल समूहको माग

काठमाडौँ — नेकपा (दाहाल–नेपाल) समूहले सरकारी सञ्चारमाध्यमलाई स्वतन्त्र र निष्पक्षरुपमा काम गर्न दिन सरकारसँग माग गरेको छ । 

सरकारी संचारमाध्यमलाई स्वतन्त्र र निष्पक्षरुपमा काम गर्न दिन दाहाल–नेपाल समूहको माग

पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी कमिटी बैठकले लोकतन्त्रको सामान्य मान्यताविपरीत एकलौटी रुपमा सरकारी सञ्चारमाध्यमलाई दुरुपयोग गरेको ठहर गर्दै स्वतन्त्र र निष्पक्ष रुपमा काम गर्न दिन माग गर्ने निर्णय गरेको हो ।

‘संविधानविपरीतका गतिविधि बढाउँदै सरकारले सरकारी साधन र स्रोतहरुको निर्लज्ज रुपमा गुटस्वार्थमा गरिरहेको दुरुपयोग, राज्यका विभिन्न अंग, निकाय र कार्यालयहरुलाई निहीत स्वार्थका लागि दिइरहेको दबाब, धम्की तथा प्रशासन र सुरक्षा निकायमा अन्धाधुन्ध रुपमा गरिरहेको सरुवाको यो बैठक निन्दा गर्दछ,' बैठकले पारित गरेको प्रस्तावमा भनिएको छ, 'साथै सरकारी सञ्चारमाध्यमहरुलाई लोकतन्त्रको सामान्य मान्यताविपरीत एकलौटी रुपमा दुरुपयोग गरिरहेकामा त्यस्तो कार्यको यो बैठक विरोध गर्दछ र सरकारी सञ्चारमाध्यमहरुलाई स्वतन्त्र र निष्पक्ष रुपमा काम गर्न दिन यो बैठक माग गर्दछ ।’

बैठकले नेपालविरोधी अभियान चलाउँदै आएको भारतीय जी न्युजका सुधीर चौधरीलाई प्रधानमन्त्रीले सगरमाथा निकट कालापत्थरको भ्रमणको प्रबन्ध मिलाएकोमा पनि आपत्ति जनाएको छ । बैठकबाट पारित प्रस्तावमा भनिएको छ, 'नेपालविरोधी अभियान चलाउँदै आएको भारतीय जी न्युजका सुधीर चौधरीसँग सरकारी निवास, बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्वार्ता दिनुका साथै निजलाई सगरमाथानिकट कालापत्थरको भ्रमणको प्रबन्ध गरी पठाइनु र त्यहाँ निजले सगरमाथाको नाम परिवर्तन गर्नुका साथै त्यसमा भारतले दाबी गर्नुपर्ने भन्नेजस्तो अभिव्यक्ति दिएकोमा यो बैठक भर्त्सना गर्दछ । यस्तो संवेदनशील विषयमा संविधान विपरीतका क्रियाकलाप गर्ने सरकारको रहस्यमय मौनताको यो बैठक निन्दा गर्दछ ।’

यस्ता छन् बैठकबाट पारित प्रस्तावहरु




प्रकाशित : माघ २, २०७७ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?