२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रधानमन्त्रीले संविधानको धारा नै उल्लेख नगरी संसद् विघटनको सिफारिस गरेको खुलासा

इजलासलाई थाहै नदिई सर्वोच्चबाट सक्कल निर्णय प्रधानमन्त्री कार्यालयले फिर्ता लग्यो
जयसिंह महरा

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा नै उल्लेख नगरी प्रतिनिधिसभा विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको खुलेको छ । 

प्रधानमन्त्रीले संविधानको धारा नै उल्लेख नगरी संसद् विघटनको सिफारिस गरेको खुलासा

पुस ५ गते प्रधानमन्त्री ओलीले गरेको सिफारिसमा संविधानको कुनै पनि धारा उल्लेख नभए पनि राष्ट्रपति कार्यालयबाट विघटन भएको सूचना जारी गर्दा संविधानको धारा ७६ (१) र (७), धारा ८५ तथा संसदीय व्यवस्थाका राष्ट्रिय र अन्तर्राष्ट्रिय अभ्यासअनुसार भनी थपिएको पाइएको हो ।

वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले शुक्रबारको संवैधानिक इजलासमा प्रधानमन्त्रीको सिफारिसमा संविधानको धारा उल्लेख नै नभएको विषय उठाएका हुन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पुस ५ गतेको निर्णय इजलासलाई देखाउँदै आपत्ति जनाएका थिए ।

प्रधानमन्त्रीको सिफारिसमा संविधानका कुनै पनि धारा उल्लेख नभएको अवस्थामा राष्ट्रपतिलाई संविधानका धारा उल्लेख गर्ने अधिकार छ कि छैन भनेर पनि श्रेष्ठले प्रश्न गरेका थिए । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कागजात सिल गर्न पनि सर्वोच्च अदालतको संवैधानिक इजलासलाई आग्रह गरेका थिए ।

पुस १० गतेको संवैधानिक इजलासको आदेश अनुसार राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीको कार्यालयले प्रतिनिधिसभा विघटनको सक्कल निर्णय सर्वोच्च अदालतमा पुस १९ गते बुझाएका थिए । तर, उक्त सक्कल निर्णय आदेश विपरीत पुस २८ गते फिर्ता गर्ने भनी पुस २३ गते लगेपनि शुक्रबारसम्म फिर्ता नभएको श्रेष्ठले इजलाससामू जानकारी गराए ।

जवाफमा प्रधानन्यायाधीश जबराले 'निर्णय फिर्ता लान मिल्दैन, यो कसरी गयो ?' भनेर इजलासका कर्मचारीलाई प्रश्न गरेका थिए । प्रधानन्यायाधीशको प्रश्नको इजलासका कर्मचारीहरूले जवाफ दिन सकेनन् ।

सम्बन्धित समाचारहरु :

प्रधानमन्त्रीलाई न्यायाधीशले भेटेको भन्दै निवेदकले उठाए प्रश्‍न

संवैधानिक इजलासमा न्यायाधीश थप्‍नुपर्ने एमीकसको सुझाव, प्रधानन्यायाधीशको प्रश्‍न- 'संविधानको फ्रेम बाहिर जान मिल्छ र ?'

सरकारपक्षीय कानुन व्यवसायीले भने- संसद् विघटनविरुद्धका मुद्दा संवैधानिक इजलासबाट अन्यत्र लाने व्यवस्था छैन




प्रकाशित : माघ २, २०७७ १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?