भारत-नेपाल पेट्रोलियम पाइपलाइन फुटाएर डिजल चोरी- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारत-नेपाल पेट्रोलियम पाइपलाइन फुटाएर डिजल चोरी

‘खेतमा डिजल बगेपछि चोरीको पोल खुल्यो’
इकान्तिपुर डेस्क

काठमाडौँ — पटना–मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन फुटाएर डिजल चोरी भएको छ । बाराको अमलेखगन्जस्थित नेपाल आयल निगमको डिपोमा पटनाबाट सिवान र मोतिहारी हुँदै पेट्रोलियम पाइपलाइनमार्फत डिजल आपूर्ति हुँदै आएको छ ।

तस्बिर : नवभारत टाइम्स

भारतीय अखबार नवभारत टाइम्सका अनुसार बिहारको सिवान जिल्लाको डुमरा गाउँ नजिकै पाइपलाइन फुटाएर चोरी भएको हो । बिहारमा पेट्रोलियम पाइपलाइन फुटाएर चोरी भएको यो पहिलो घटना भएको पनि नवभारत टाइम्सले उल्लेख गरेको छ । जिल्ला प्रशासन कार्यालय सिवानका अधिकारीहरुले करोडौं रुपैयाँ बराबरको डिजल चोरी भएको आशंका गरेका छन् ।

‘खेतमा डिजल बगेपछि चोरीको पोल खुल्यो’

पाइपलाइनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले खेतमा डिजल बगेको देखेपछि भारतीय आयल निगमका अधिकारीहरुलाई खबर गरेका थिए ।

तस्बिर : नवभारत टाइम्स

मेन पाइपमा प्वाल बनाएर सानो पाइपबाट डिजल चोरी गरिएको नवभारत टाइम्सले उल्लेख गरेको छ । त्यस्तै दैनिक सयौं लिटर डिजल चोरी भएको हुन सक्ने पनि आशंका गरिएको छ । करिब चार फीट तलको फाइपलाइनमा सानो पाइप जोडेर डिजल चोरी गरिएको हो ।

अमलेखगन्जमा रहेको नेपाल आयल निगमको डिपो फाइल तस्बिर

महत्वाकांक्षी परियोजनाका रुपमा लिइएको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको गत वर्ष भदौ २४ गते नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्‍घाटन गरेका थिए । यो दक्षिण एसियाकै पहिलो क्रसबोर्डर पेट्रोलियम पाइपलाइन हो ।

प्रकाशित : माघ २, २०७७ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्

विपत्तिको सामना गर्न पूर्वतयारीमा जुट्नुपर्छ : गृहमन्त्री थापा

कान्तिपुर संवाददाता

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले आगामी दिनमा आउन सक्ने विपत्तिहरूको सामना गर्न पूर्वतयारी गर्नुपर्ने बताएका छन् । २३औं भूकम्प सुरक्षा दिवसको अवसरमा शुक्रबार काठमाडौं महानगरपालिकाले आयोजना गरेको भूकम्प स्मृतिसभामा उनले प्राकृतिक विपत्ति आकस्मिक रूपमा आउन सक्ने भएकाले पूर्वतयारीमा जोड दिएका हुन् ।

फाइल तस्बिर

यसका लागि सरकारले आवश्यक संरचना, नीति, ऐन, योजना बनाउँदै आएको पनि थापाले बताए । २०७२ सालको भूकम्पले दिएको घाउ निको भइनसकेको जनाउादै उनले पुनर्निर्माणको काम अन्तिम चरणमा रहेको जानकारी दिए । न्युज एजेन्सी नेपालका अनुसार यस वर्ष बाढीपहिरोका कारण क्षति भएका घरहरूको पुनर्निर्माणको काम पनि अगाडि बढाउनुपर्ने थापाको भनाइ छ ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकाले सुरक्षा निकाय बस्ने जीर्ण भवनहरू निर्माण गर्न गृह मन्त्रालयसाग कुरा भइरहेको बताए । विपत्तिको सामना गर्न काठमाडौंका नाकाहरूमा दमकलको व्यवस्था गर्न खरिद प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए । अहिले काठमाडौं महानगरपालिकाले भूकम्पपीडित घरधनीलाई नक्सापासको दस्तुर मिनाह गरेको छ ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले स्थानीय सरकारको क्षमता अभिवृद्धि गर्न आवश्यक तालिमलगायतका काम सुरु गरिएको बताए । जोखिमको जानकारी दिन पोर्टल निर्माण गरेको, भूकम्पको पूर्वतयारीका लागि स्वयंसेवक ब्युरो बनाउनेलगायत काम प्राधिकरणले गर्न लागेको उनले जानकारी दिए ।

प्रकाशित : माघ २, २०७७ १३:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×